तनहुँका कृषकलाई फूल टिपेर माला बनाउने चटारो

नेपालबहस संवाददाता
कात्तिक २७, २०८० सोमबार १०:२५:२४
२७ कात्तिक, दमौली । तनहुँका कृषकलाई यतिबेला सयपत्री फूल टिप्न चटारो छ । तिहारका बेला सयपत्री फूलको माग बढी हुने भएकाले कृषक यतिबेला फूल टिपेर माला बनाउने काममा व्यस्त छन् ।
म्याग्दे गाउँपालिका–५ का सुशन पौडेल सयपत्री फूल बिक्रीका लागि बजारसम्म पुगेको जानकारी दिए। उनले यसै वर्षदेखि म्याग्देखोला छेउमा व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गर्नुभएको थियो ।
यहाँ उत्पादित फूल दुलेगौडा, खैरेनीटार, जामुने, थर्पुलगायतका ठाउँमा फूल बिक्री हुने गरेको छ । उनले भने, “सयपत्रीको माला, फूल बिक्रीका लागि बजारसम्म पुगेका छौँ । स्थानीयस्तरमा उत्पादित फूल खरिद गरेर हौसला प्रदान गर्नेमा विश्वस्त छौँ ।”
विदेशबाट फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्यका लागि आफूले यसै वर्षदेखि फूलखेती तर्फ आकर्षित भएको उनको भनाइ छ । उनले यस वर्ष चार हजार टिटी जातको फूल लगाएका थिए । तिहारअगावै फूल फुलेर ढकमक्क भएको थियो ।
उनले भने, “यो मेरो पहिलो अनुभव हो । दशैं तिहारलगायतका चाडपर्वमा फूलको माग धेरै हुने र विदेशबाट ल्याउनुपर्ने अवस्था देखेपछि म फूलखेतीमा लागेको हुँ ।” फूलखेतीले आफूलाई उत्साहित बनाएको बताउँदै उनले विदेश जानुको साटो आफैँ स्वरोजगार बन्न सक्नुपर्छ भन्ने सन्देश दिन खोजेको बताए ।
उनले भने, “हामीजस्ता युवाले स्वदेशमै फूलखेती गर्न सक्यौँ भने फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।” दशैं, तिहार, एकादशीमा फूलको अत्यधिक माग हुने जनाउँदै उनले बजारको व्यवस्थापन मुख्य कुरा भएको बताए । “फूल उत्पादन मात्रै गरेर भएन, यसको बजार व्यवस्थापन पनि हेर्नुपर्छ । फूल फुलिसकेको छ, माग पनि आउन थालेको छ”, उनले भने । अहिले उत्पादन भएको फूललाई चिस्यान केन्द्रमा राखेर पछिसम्म बिक्री गर्न सकिए राम्रो हुने उनको भनाइ छ ।
फूलखेतीबाट सन्तुष्ट रहेको बताउँदै उनले भने, “युवाले रोजगारी पाइन भनेर विदेशिनुको साटो बरु फूलखेती गरे हुन्छ । यसमा सम्भावना छ ।” पौडेललाई फूलखेतीका लागि गाउँपालिकाले सहयोग गरेको छ । पुष्पखेती विकास कार्यक्रम अन्तर्गत पौडेललाई रु ५० हजार सहयोग गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए। उनले भने, “गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन र युवालाई प्रोत्साहन गर्न पुष्पखेती विकास कार्यक्रम सञ्चालन गरिएको हो । यसले गर्दा युवालाई स्वरोजगार बन्न प्रेरित गर्छ ।” गाउँपालिकाका अन्य वडामा पनि फूलखेती गर्न चाहे सबैलाई सहयोग गरिने उनको भनाइ छ ।
बन्दीपुर गाउँपालिका–५ स्थित थुम्कामा ५० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । तामप्रसाद भट्ट, नेत्रप्रसाद लामिछाने, नारायण लामिछानेलगायत ६० जनाले सयपत्री फूलको खेती गरेका हुन् । फूल फुल्न थालेपछि एक बिरुवाबाट करिब दुई वटा माला तयार हुने पुष्प व्यवसायी भट्टको भनाइ छ । एक बिरुवाबाट न्यूनतम रु ५० आम्दानी गर्न सकिने उनको भनाइ छ ।
उनले व्यावसायिक रुपमा फूल उत्पादन गरेर गत वर्ष रु एक लाख ५० हजार आम्दानी गरेका थिए । यस वर्ष पनि सोहीअनुसार आम्दानी हुने उनको प्रारम्भिक अनुमान छ । बिरुवा रोपेको चार महिनाभित्र फूल फुल्न थाल्ने भएकाले थोरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । स्थानीय बजारमा मात्र नभई आवश्यक पर्ने फूल चितवनमा पनि उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेयर कुलो,बाटो र नागरिकको घरदैलौमा भेटिन्छ : नगरप्रमुख खाँण
मंसिर १९, २०८० मंगलबार
उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी
मंसिर १८, २०८० सोमबार
रामपुरमा व्यावसायिक कालिजपालन
मंसिर १८, २०८० सोमबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
सुन तस्करी जाँचबुझ आयोगः १० जना प्रतिवादीहरूको बयान सकियो, मंगलबार राहुल महराको पालो
मंसिर १९, २०८० मंगलबार
इजलासको २६ नम्बरमा रहेको टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १९, २०८० मंगलबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
मंसिर १९, २०८० मंगलबार
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
मंसिर १९, २०८० मंगलबार
एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न ?
मंसिर १९, २०८० मंगलबार