मीस स्कार्लेट कान्तिपुर सिनेमाज ओटीटीमा रिलीज
नेपालबहस संवाददाता
कात्तिक २७, २०८० सोमबार १२:२४:५१
२६ कात्तिक, काठमाडौं । मीस स्कार्लेट कान्तिपुर सिनेमाज ओटीटीमा रिलीज भएको छ । गत असोज २९ गते काठमाण्डौमा घोषणा गरेर सुरुवात भएको ओटिटी प्लाटफर्म कान्तिपुर सिनेमाजले अहिले विभीन्न फिल्म र सिरीजहरु प्रदर्शन गरिरहेको छ । कान्तिपुर सिनेमाजमा फिल्महरु ज्याकी आइएम ट्वान्टी वान, जुलेवी, म, चि मुसी ची, खरानी, मदर, ऋतु, नपाली फिक्सन र बिनय श्रेष्ठ, शिल्पा मास्के, संजोग कोईराला, सज्जन श्रेष्ठ, संजोग रसाईली अभिनीत सिरीज लभ सुत्र पनी कान्तिपुर सिनेमाजले वल्र्डवाईड ओटिटी रिलीज गरीरहेको छ ।
यो सँगै आजबाट कान्तिपुर सिनेमाजले आफ्नो निर्माण रहेको ओरिजीनल साइकोलोजिकल फेन्टासी सिरीज मीस स्कार्लेटको स्ट्रिमीङ्ग सुरु गरेको छ । गत बर्षको माघबाट विरगंज देखी छायांकन सुरुवात गरेको मीस स्कार्लेटको बिरगंज र काठमाडाैं २७ दिन लगाएर छायांकान भएको हो । पहिलो सिजनमा ४ एपीसोड हुने बताएको मीस स्कार्लेटको एउटा एपीसोड ३५ देखी ४० मीनेटको हुनेछ ।
केही महिना अगाडि सिरीजले हिन्दी, अंग्रेजि र नेपाली भाषामा सार्वजनिक गरेको टिजर र ट्रेलरलाई दर्शक र चलचित्रकर्मीले राम्रो प्रतिकृया दिएका थिए । सिरीजलाई बलीराम चौहानले निर्देशन गरेका हुन भने यसका कृयटिभ प्रोड्युर प्रकाश पुरी हुन् । सिरीजको टिजर, ट्रेलर र कलाकार र टेक्निसीयनको लाईनअप हेर्दा नेपालमा बन्ने सिरीयल र सिरीज भन्दा धेरै स्तरिय बनेको अनुमान लगाउन सकीन्छ । टलकजंग भर्सेस टुल्के फेम्ड सिनेमाटोग्राफर शेर बहादुर तामाङले खिचेको सिरीजमा चर्चीत म्युजिकल ग्रुप नोवेल फ्रिक्सले म्युजिक दिएको छ ।
टिजरबाटै अभिनय र भ्वाइसको तारिफ पाएका नव अभिनेता कुलश्रेष्ठ कमलको काम दमदार देखीएको छ । सिरीजमा टाईटल रोलमा गित बिष्ट सँगै आलीशा बास्तोला, कपील रसाईली, सबी थापा, सुमीत्रा अधिकारी, अर्नव घिमीरे, दिलीप नेपाली, रोज खत्रि, अर्नव घिमीरे, कृष्टिना बस्नेत, सरोज लामिछाने लगायतको अभिनय रहेको छ ।
यो सिरीजलाई विश्व भरिका दर्शकले कान्तिपुर सिनेमाजमा २९९ तिरेर हेर्न पाउनेछन । नेपाली रुपैँया २९९ मा एक पटक सब्स्क्रीप्सन लिएपछी दर्शकले प्लाटफर्ममा भएका सबै फिल्म र सिरीजहरु एक महिना भरि हेर्न पाउने कान्तिपुर सिनेमाजका सिईओ तथा मीस स्कार्लेटका कृयटिभ प्रोड्युसर प्रकाश पुरीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोप पठाइदिन्छु भन्दै ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
भदौ २६, २०८१ बुधबार
नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु : नवाजुद्दीन सिद्दिकी
भदौ २५, २०८१ मंगलबार
उपसभामुख पद जोगाउन रविको हारगुहार, प्रधानमन्त्री ओलीसँग मिलेन कुरा
भदौ २६, २०८१ बुधबार
राजसंस्था र हिन्दू अधिराज्य पूर्नस्थापना गर्ने आन्दोलनको तयारीमा जुट्दै राप्रपा
भदौ २५, २०८१ मंगलबार
गृह मन्त्रालयद्वारा ५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा
भदौ २६, २०८१ बुधबार
बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
भदौ २६, २०८१ बुधबार
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा लिखित जवाफ माग
भदौ २६, २०८१ बुधबार
बजेट अभावले रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ, लागत बढ्दै
भदौ २६, २०८१ बुधबार
अमेरिकाको राष्ट्रपति बन्ने दौडमा रहेका ह्यारिस र ट्रम्पबीच रोचक बहस
भदौ २६, २०८१ बुधबार
सकियो माओवादीको मधेश प्रदेश बैठक
भदौ २६, २०८१ बुधबार