साइकोलोजिकल थ्रिलर चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक

नेपालबहस संवाददाता
कात्तिक २७, २०८० सोमबार १२:२८:४९
२७ कात्तिक, काठमाडौं । आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १२ सेकेन्ड लामो ट्रेलरमा चलचित्र मुख्य पात्रहरुलाई स्थान दिइएको छ। साइकोलोजिकल थ्रिलर जनरामा बनेको चलचित्रको ट्रेलर पनी सस्पेन्स नै बनेको छ। चलचित्र मंसिर २९ गतेबाट प्रदर्शनमा आउनेछ।
नयाँ र जोश बोकेको टिम मिलेर निर्माण गरिएको चलचित्र साइकोलोजिकल थ्रिलर जनरामा बनेको छ । राष्ट्रिय धावक बनेका मुख्यपात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । आफ्नो विगतका दबाएर राखिएका अनुभूतिहरूले उसलाई पिरोल्न थाल्छन् । यससँगै आएका ट्विस्टहरू र भ्रष्टाचारको जालो वरपर यो चलचित्र रुमलिने निर्देशक कार्कीले बताए । चलचित्र क्रियटिभ माकुरा मिडियाको ब्यानरमा फिल्म बनेको हो ।
इशा खड्का कार्यकारी निर्माता रहेको चलचित्रले नेपाली चलचित्रमा नयाँ लहरको उत्प्रेरकको रुपमा काम गर्दै रचनात्मक कथा कथन र नवीनताको पुनर्जागरण गर्ने टिमको विश्वास छ । चलचित्रमा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कंडेलको मुख्य भूमिका छ । विदेशी फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाइसकेको ‘जम्प’ले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने विश्वास रहेको लेखक तथा निर्देशक कार्कीले बताए ।
क्रिएटिभ माकुरा टिममा आशुतोष ध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन् । चलचित्रलाई गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौँमा ‘महाजात्रा’ !
मंसिर १९, २०८० मंगलबार
‘मायाबी’को छायांकन सकियो
मंसिर १७, २०८० आइतबार
'अन्जिला'को 'ईन्ड क्ल्याप', सह-निर्माताद्वारा एन्जिलालाई स्कूटर उपहार
मंसिर १७, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
इजलासको २६ नम्बरमा रहेको टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १९, २०८० मंगलबार
सुन तस्करी जाँचबुझ आयोगः १० जना प्रतिवादीहरूको बयान सकियो, मंगलबार राहुल महराको पालो
मंसिर १९, २०८० मंगलबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
मंसिर १९, २०८० मंगलबार
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
मंसिर १९, २०८० मंगलबार
एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न ?
मंसिर १९, २०८० मंगलबार