जासुसीको आरोपमा जेलमा परेका आफ्नो नागरिकलाई रिहा गर्न चीनसँग जापानको आग्रह
नेपालबहस संवाददाता
कात्तिक २७, २०८० सोमबार १४:२४:३५
२७ कात्तिक, टोक्यो । जासुसी गरेको आरोपमा १२ वर्षको जेल सजाय सुनाइएका आफ्ना नागरिकलाई रिहा गर्न जापानले चीनसँग आग्रह गरेको टोक्योका वरिष्ठ सरकारी प्रवक्ताले सोमबार बताएका छन्।
“हामीलाई थाहा छ चीनको हुनान प्रान्तको उच्च अदालतमा नोभेम्बर ३ मा ५० वर्षीय एक जापानीलाई १२ वर्षको जेल सजाय सुनाइएको छ, उनलाई सन् २०१९ जुलाईमा हिरासतमा लिइएको थियो, उनको पुनरावेदन खारेज गरिएको थियो”, हिरोकाजु मात्सुनोले भने, “जापानी नागरिकको सुरक्षाको दृष्टिकोणले जापान सरकारले सक्दो सहयोगलाई जारी राख्नेछ ।”
जापानको विदेश मन्त्रालयका अनुसार सन् २०१५ मा चीनको संशोधित जासुसीविरोध कानून लागु भएपछि कम्तीमा १७ जापानीलाई चिनियाँ अधिकारीहरूले हिरासतमा राखेका छन् । जापानी औषधि कम्पनी एस्टेलसका एक जापानी कर्मचारीलाई पक्राउ गरिएको गत महिना चीनस्थित जापानी राजदूतावासले पुष्टि गरेको थियो । जासुसीको आरोपमा उनलाई महिनौँदेखि हिरासतमा राखिएको बेइजिङले बताएको थियो ।
चीनका राष्ट्रपति सी जिनपिङ र जापानी प्रधानमन्त्री फुमियो किसिदा दुवै यसै साता सान फ्रान्सिस्कोमा एसिया–प्रशान्त आर्थिक सहयोग 'एपिइसी' शिखर सम्मेलनमा सहभागी हुँदै छन् । बैठकका क्रममा जापान–चीन शिखर सम्मेलनका सम्बन्धमा कुनै निश्चित योजना नबनेको मात्सुनोले बताए ।
दुवै पक्षका कूटनीतिज्ञहरूले राष्ट्रपति सी र प्रधानमन्त्री किसिदाबीच भेटवार्ता गराउने दिशमा काम गरिरहेको जापानी स्थानीय सञ्चारमाध्यमले बतएको छ । यदि सी र किसिदाबीच वार्ता भयो भने एजेन्डामा चीनले हिरासतमा लिएका जापानी नागरिकलाई पनि समावेश गरिने अज्ञात सरकारी स्रोतलाई उद्धृत गर्दै जापानी समाचार समिति जिजीले बताएको छ ।
टोक्योले फुकुसिमा आणविक प्लान्टबाट फोहरपानी छाडेपछि जापानी समुद्री खानाको आयातमा चीनले लगाएको प्रतिबन्धको विषय पनि प्रधानमन्त्री किसिदाले उठाउनु हुने जिजीले बताएको छ । हालैका वर्षमा बेइजिङले आफ्नो छिमेकी मुलुक जापानका लागि जासुसी गरेको आरोपमा जापानी र चिनियाँ दुवै नागरिकलाई हिरासतमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार