शाहीलाई बर्खास्त गर्ने कोर्ट मार्सलको नेतृत्व गर्दै थिए पाण्डे, आफै बाहिरिए

नेपालबहस संवाददाता
कात्तिक २८, २०८० मंगलबार १३:२२:३९
२८ कात्तिक, काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे कुनै बेला अर्का उपरथी र सहायक रथीको उमेर विवाद छानबिन गर्ने मुख्य व्यक्ति थिए । तर उपरथीबाट रथीमा बढुवा सिफारिस हुँदै गर्दा आफै उमेर विवादबाट भाग्नु पर्ने परिस्थिति सिर्जना भयो । अघिल्लो एक वर्ष नौ महिना अघि नै अवकाशमा जानु पर्नेमा प्रधानसेनापतिको रोल क्रममा उभिनै लाग्दा उनले राजीनामा दिएर हिँड्नु पर्यो ।
रथीमा बढुवा सिफारिस नभएको भए ५७ वर्ष उमेर हदका कारण यसै पनि पाण्डे मंसिर २२ मा निवृत्त हुने थिए । किनभने उपरथीको उमेर अवधि ५७, रथीको ५८ र महारथीको ६१ वर्ष तोकिएको छ । यद्यपि वास्तविक नागरिकतालाई नै आधार बनाइन्थ्यो भने पाण्डे एक वर्ष नौ महिनाअघि नै निवृत्त भइसकेका हुने थिए । उनको नागरिकतामा कैफियत छ भन्ने जान्दा जान्दै पनि सैनिक नेतृत्वले नै जोगाएर उनलाई कि उपरथीका लागि बढुवा सिफारिस गर्यो भन्ने प्रश्न उठेको छ ।
रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएपछि प्राड विवाकको सल्लाहमा उनलाई घर पठाइयो । यसअघि उमेर विवादकै कारण ८ महिनाअघि उपरथी प्रेम शाहीलाई बर्खास्त गरिएको थियो ।
शाहीलाई बर्खास्त गर्ने कोर्ट मार्सलको नेतृत्व ताराध्वज पाण्डेले नै गरेका थिए । अहिले आएर तिनै पाण्डे आफू पनि सोही विवादमा परे र कारबाही हुनुअघि राजीनामा दिएर बाहिरिए । उपरथी शाहीसहित प्राड विवाकका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमल्सेना विरुद्ध उपरथी ताराध्वज पाण्डेको नेतृत्वमा गठन भएको कोर्ट मार्सलमा कारबाही भएको थियो । अहिले उनैमाथि कोर्ट मार्सल हुने अवस्था आएपछि बाहिरिए ।
बलाध्यक्ष रथी सरोजप्रताप राणा कात्तिक दोस्रो साता अवकाशमा गएसँगै एक वर्षपछि नेपाली सेनामा नयाँ प्रधानसेनापति को बन्ने भन्ने टुंगो लागिसकेको छैन । सैनिक ऐनअनुसार नेपाली सेनामा वरिष्ठ उपरथीलाई रथीमा सिफारिस गरिन्छ । सोही अनुसार वरिष्ठ उपरथी पाण्डेको बढुवाको प्रक्रियामा सैनिक मुख्यालयले प्रक्रिया थालेको थियो । उनको सिफारिससँगै भावी प्रधानसेनापतिको एक प्रकारले टुंगो लागेको थियो ।
सैनिक सेवा नियमावली अनुसार जंगी अड्डाले पाण्डेविरुद्ध ७ दिने उजुरी पनि आह्वान गरेको थियो । पाण्डेको जन्म मिति फरक फरक भएको नागरिकता र शैक्षिक प्रमाणपत्रसहितको फोटोकपी रक्षा मन्त्रालय र अन्य निकायमा पुगेको थियो । उनको जन्ममिति २०२१ साल र २०२३ साल उल्लेख गरिएका दस्ताबेज बाहिर आएपछि रक्षामन्त्री पूर्ण बहादुर खड्का पनि रक्षात्मक बनेका थिए ।
सैनिक स्रोतका अनुसार आफूमाथि उठेका प्रश्नलाई लिएर पाण्डेले सेनाभित्र आफ्नो दस्तावेजमा २०२३ सालकै जन्म रहेको र सबै दस्तावेजमा एउटै उमेर रहेको दाबी गरेका थिए । बाहिरको दस्तावेज र उपरथी पाण्डेको भनाइ बाझिएपछि सेनाले छानबिन सुरु गर्नुपरेको थियो । उपरथी पाण्डे बढुवा नभएको अवस्थामा मंसिरको दोस्रो साता अवकाशमा जाँदै थिए । अब उनले राजीनामा दिएपछि उनको स्थानमा अर्का उपरथी अशोक सिग्देललाई बढुवाको बाटो खुल्यो । तर उनको पनि उमेर विवादमै रहेको र सैनिक जङ्गी अड्डा स्रोतका अनुसार उपरथी सिग्देलको पनि वास्तविक जन्म मिति २०२१ साल फागुन हो । तर, उनले पनि पाण्डेकै शैलीमा प्रतिलिपि नागरिकतामा जन्ममिति २०२३ साल माघ बनाएका छन् । जसले गर्दा उनको पनि छानविन गर्नुपर्ने भन्दै सेनाको प्राड विवाकमा छलफल भएको स्रोतको दावी छ ।
त्यति मात्र होइन एक वर्ष नौ महिना अघि नै घर जानुपर्ने व्यक्तिलाई राज्यले यति बेलासम्म गरेको खर्चको दुरुपयोगको जिम्मा सैनिक नेतृत्व र उनी स्वयंले लिनुपर्ने हुन्छ । तर नेपाली सेनाभित्र रहेको टीमले उनलाई उन्मुक्ति दिएर अवकाश जान सुझाएको थियो । ‘उहाँलाई राजीनामा दिन सुझाव दिइएको हो, यही रहे कोर्ट मार्सल हुनसक्थ्यो’, स्रोतले भन्यो । उनको उमेर विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो राख्दै रक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेपछि उनको उमेर विवादमा सेनाको कानुन हेर्ने प्राड विवाकमा समेत गम्भीर छलफल भएको थियो ।
गत हप्ता बिहिबार राती सेनाको प्राड विवाकले उपरथी पाण्डेको उमेर विवादको विषयमा छलफल गरेको थियो । सो छलफलपछि उनी राजीनामा दिन बाध्य भएका हुन् । पाण्डे २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनको नागरिकता प्रमणपत्रमा जन्म मिति २३ मंसिर २०२३ उल्लेख छ । तर उनको शैक्षिक प्रमाणपत्रमा भने जन्म मिति १२ माघ २०२१ उल्लेख भएको विषय बाहिर आएपछि विवाद सुरु भएको हो ।
पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ माघ १२ गते उल्लेख भएको तर उनले नागरिकतामा जन्म मिति सच्याएर २०२३ मंसिर १३ गते बनाएको आरोप लगाइएको थियो । यी दुईको विवादले सेनामा भावी प्रधानसेनापतिको अझै निर्क्योल लागिसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
मंसिर १८, २०८० सोमबार
नेपाल एयरलाइन्सबाट विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ खोसियो, अध्यक्ष अधिकारीको जागिर पनि धरापमा
मंसिर १५, २०८० शुक्रबार
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकरणमा १० अर्बको भ्रष्टाचार, क-कसले लिए पैसा ?
मंसिर १५, २०८० शुक्रबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
सुन तस्करी जाँचबुझ आयोगः १० जना प्रतिवादीहरूको बयान सकियो, मंगलबार राहुल महराको पालो
मंसिर १९, २०८० मंगलबार
इजलासको २६ नम्बरमा रहेको टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १९, २०८० मंगलबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
मंसिर १९, २०८० मंगलबार
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
मंसिर १९, २०८० मंगलबार
एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न ?
मंसिर १९, २०८० मंगलबार