भाइटीका लगाउँदा दाजुभाइ पश्चिम फर्केर बस्ने र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउने
नेपालबहस संवाददाता
कात्तिक २९, २०८० बुधबार ८:५७:५१
२९ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।
आज बिहान १० बजेर ५१ मिनेटको शुभ साइत पारेर विधिपूर्वक दिदी–बहिनीले टीका फूलमाला लगाइदिएपछि यो क्रम आज दिनभर जसो जारी रहने छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने चलन छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्या दिवनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा तय गरेको छ । यद्यपि शुभ साइतमा टीका लगाइदिन नभ्याइए दिनभर टीका लगाउँदा पनि बिग्रय भने पर्ने छैन ।
जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एलपी भानु शर्माले एउटै परिवारमा जन्मिनु र दुखपनि सुख पनिसंगै भोग्नु सामान्य विषय नभएको भन्दै, भाइटीका, दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई गहिरोसंग बुझ्ने पर्व भएको बताए ।उनले यसलाई औपचारिक पर्वको रुपमा मात्रै मनाउने नभई एकअर्का बुझ्ने वाल्यकालदेखिको प्रेमलाई पुर्न जागरण गर्नु पर्ने बताए ।
भाइटीका यमराज अर्थात परिर्वतनको पुजा र अर्को प्रेमको पुजा भएको उनको तर्क छ । उनले भने ‘परिर्वतनलाईआत्मसाथ गर भनेर सिकाउनु नै यमराजको पुजा गर्नु हो। परिर्वतनलाई आत्मसाथ गर्न हामीकसलाई सिकाउछौ जसलाई प्रेम गर्छौ । ’भाइटीकाका समय दाजु–भाइले पश्चिम फर्केर बस्ने र दिदी–बहिनीले पूर्व फर्केर टीका लगाउँदा उत्तम हुने शास्त्रीय मान्यता छ ।
भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका र माला लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।
आजको दिन अधिकांश निधारहरू सप्तरङ्गी हुन्छन्, दिदीबहिनी नभएकाहरूले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाडौंको रानीपोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने पनि चलन रहँदै आएको छ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आ–आफ्नै तरिकाले मनाउने चलन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पुष ११, २०८१ बिहिबार