राष्ट्रपति पौडेलले शुभ साइतमा बहिनीहरूबाट लगाए तिहारको टीका
नेपालबहस संवाददाता
कात्तिक २९, २०८० बुधबार ११:४६:३७
२९ कात्तिक, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदार चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
नेपाल पञ्चांग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तमसाइत बुधबार बिहान १०बजेर ५१ मिनेटका लागि तय गरेको थियो । भाइटीकाको उत्तम साइत बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।
शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा, सोमबार गाईपूजा, मंगलबार गोवर्द्धन पूजा÷म्हपूजा गरी तिहार मनाइएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार