सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८० बिहिबार ८:९:१०
३० कात्तिक, इनरुवा 'सुनसरी' । सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।
मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए । दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन् ।
को-२ ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकामा लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो । फरार भएका टेम्पोका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यसैगरी मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवाडाको बुधबार निधन भएको छ । बा २७ प ८७०१ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु
असोज ५, २०८१ शनिबार
कटहरियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौं
असोज ५, २०८१ शनिबार
नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया
असोज ५, २०८१ शनिबार
मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार