शिक्षक र स्वास्थ्यकर्मीका गुनासा : तलब छैन, तनाव मात्रै !
इन्द्र रिजाल
बैशाख ४, २०७६ बुधबार २२:९:७
जुम्ला । “अहिले त ऋण पत्याउन पनि छोडे साहुले, जागिर खाएर ऋण खोज्नुपर्ने, त्यही नपाएर अहिले छोराछोरीको अध्ययन र घरखर्च चलाउनै गाह्रो भएको छ”, राँसा मालापानी स्वास्थ्यचौकी जुम्लाका इञ्चार्ज हर्कबहादुर रावतले दुखेसो पोख्दै भने।
हिमा गाउँपालिकास्थित अन्नपूर्ण माविको प्रावि तहमा कार्यरत शिक्षक प्रेमबहादुर सिंहको गुनासो पनि त्यस्तै छ । “केही समयका लागि भनेर ऋण÷सापटी लिएका थिएँ, दिने मानिसले माग्न थालेपछि फोन बन्द गर्नुपर्ने बाध्यता छ”, उनले भने, “तलब आउने वित्तिकै दिन्छु भनेर पैसा ऋण लिएँ तर आज पाँच महीना भयो, स्थानीय सरकारलाई तलब खुवाउनुपर्छ भन्ने मतलब नै छैन ।”
गुठीचौर गाउँपालिकाका स्वास्थ्य संयोजक बालाराम नेपालीले लामो समयको सङ्घर्षपछि अब तलब पाउने आशा रहेको बताए । “अब सम्भवतः दुई÷चार दिनभित्रै शिक्षक तथा कर्मचारीको खातामा तलब जान्छ”, उनले भने, “फागुनसम्मको तलब सबैले पाउँछन् ।”
यता तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले असोजदेखिको तलब भत्ता खान नपाउँदा ऋणी हुनुपरेको गुनासो गरे । “आजका दिनसम्म सुत्केरीहरुले यातायात खर्च पाएका छैनन्”, संयोजक नेपालीले भने, “स्वयंसेविकाले पोशाक भत्तासमेत पाएका छन् ।” तलब नपाउँदा बालबालिकाको अध्ययन पनि प्रभावित भएको उनको दुखेसो थियो ।
स्थानीय सरकारको कमजोरीका कारण शिक्षा तथा स्वास्थ्यका कर्मचारीले दुःख खेप्नु परेको शिक्षक रणबहादुर रावतले बताए । तलब नपाउँदा शिक्षक, स्वास्थ्यकर्मीले तनावमा काम गर्नुपरेको उनको भनाइ थियो । काम गरेर पाउने ज्यालाका निम्ति पनि सरकारसँग लामो लडाइँ गर्नुपरेकोमा उनले रोष प्रकट गरे ।
अब भने जुम्ला जिल्लामा कार्यरत शिक्षा र स्वास्थ्यका करीब एक हजार ७४१ शिक्षक कर्मचारी र स्वास्थ्यकर्मीले दोस्रो चौमासिक तलब खान पाइने अपेक्षा गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपवीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
जुत्ता र पोशाक किन्ने पैसा नहुँदा ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई
बैशाख २६, २०८१ बुधबार
शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
बैशाख २५, २०८१ मंगलबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
छलफलमा त प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, हेरौँ नतिजा कस्तो आउँछः कांग्रेस
बैशाख ३०, २०८१ आइतबार
सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले
बैशाख ३०, २०८१ आइतबार
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
डा. चिरञ्जीवी नेपालले राष्ट्रपतिको आर्थिक सल्लाहकारबाट दिए राजीनामा
बैशाख ३०, २०८१ आइतबार
ढकमक्क फुलेको गुलमोहरमा तस्बिर खिच्नेको भीड
बैशाख ३०, २०८१ आइतबार
संसद अवरोधबारे छलफल गर्न सभामुखले बोलाए मन्त्रीसहित दलका नेताको बैठक
बैशाख ३०, २०८१ आइतबार