बाणिज्य बैंकहरुको मंसिर महिनाको ब्याजदर सार्वजनिक, धेरैले घटाए, केहीको स्थिर
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८० बिहिबार १३:५८:३
३० कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । बैंकहरुले गत साउनदेखि भद्र सहमति तोडेपछि ब्याजदर आफ्नै तरिकाले निर्धारण गर्दै आएका छन् ।
बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । यही व्यवस्था अनुसार वाणिज्य बैंकहरुले मंसिरका लागि नयाँ ब्याजदर निर्धारण गरेका हुन् ।
चालू आर्थिक वर्षको पहिलो महिनामै १४ बैंकहरुले निक्षेप ब्याजदर बढाएका थिए भने, चारले घटाए र दुई बैंकले स्थिर राखेका थिए । त्यस्तै, भदौमा १२ वाणिज्य बैंकहरुले निक्षेप ब्याजदर बढाए, ४ वटाले घटाए र ४ बैंकले ब्याजदर स्थिर कायम गरेका थिए ।
कात्तिकमा १४ बैंकहरुले आफ्नो ब्याजदर घटाएका थिए । दुई वटाले बढाएका र ४ वटा बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका थिए । हाल बैंकहरुमा पर्याप्त तरलता भएकाले अधिकांश बैंकहरुले ब्याजदर घटाएको बैंकरहरु बताउँछन् ।
मंसिरर महिनाका लागि माछापुच्छ्रे बैंकले मात्रै आफ्नो मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । जहाँ बैंकले कार्तिक महिनामा ९.९९ प्रतिशत रहेको ब्याजदरलाई ०.६१ प्रतिशतले बढाएर १०.६० प्रतिशत पुर्याएको छ । सबैभन्दा बढी एनआईसी एशिया बैंकले २.०४ प्रतिशतले मुद्दति निक्षेपको ब्याजदर घटाएको छ । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ ।
कुल २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् । कुमारी, लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, सिटिजन्स र नेपाल बैंकको ब्याजदर स्थिर छ । सिटिजन्स बैंकले व्यक्तिगत तर्फ ९.९५ प्रतिशत र संस्थागत तर्फ ७.९५ प्रतिशत तोकेक छ । सिद्धार्थ बैंकले व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशत तोकेको छ ।
यस्तै लक्ष्मी सनराइज बैंकले व्यक्तिगत तर्फ १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत, कुमारी बैंकले व्यक्तिगत तर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत, प्राइम बैंकले व्यक्तिगत तर्फ १०.२५ प्रतिशत र संस्थागत तर्फ ८.२५ प्रतिशत र नेपाल बैंकले व्यक्तिगत तर्फ ९.२२४ प्रतिशत र संस्थागत तर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेका छन् । निक्षेप संकलन बढ्दै गएपछि बैंकहरुले ब्याजदर घटाएका हुन् । निक्षेप संकलन बढ्दै गएपछि बैंकहरुले ब्याजदर घटाएका हुन् ।
माछापुच्छ्रे बैंकको मात्र मुद्दति निक्षेपको ब्याजदर बढेको छ । औसतमा २० वाणिज्य बैंकहरुले ०.३३ प्रतिशतले ब्याज घटाएका छन् । कात्तिक महिनामा यी बैंकहरुको औसत ब्याजदर ९.९६ प्रतिशत थियो । अहिले घटेर ९.६३ प्रतिशत कायम भएको छ । यता, सबैभन्दा धेरै एनआइसी एशिया बैंकले ब्याजदर घटाएको छ ।
कात्तिकमा ११ प्रतिशतसम्म ब्याज दिँदै आएको यस बैंकले मंसिरमा भने ८.९६ प्रतिशतसम्म ब्याज दिने भएको छ । एनआईसी एशिया पछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबि बैंक रहेको छ । बैंकले मंसिर महिनाका लागि ब्याजदर १.२४३ प्रतिशतभन्दा घटाएर ९.७६ प्रतिशतमा झारेको छ ।
ग्लोबल आइएमई बैंकले मंसिरका लागि ०.४ प्रतिशत घटाएर व्यक्तिगत तर्फ ९.६ प्रतिशत र संस्थागत तर्फ ७.६ प्रतिशत प्रदान गर्ने जनाएको छ । यसअघि बैंकले कात्तिकमा व्यक्तिगत तर्फ १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
नबिल बैंकले मंसिरका लागि ०.९ प्रतिशत घटाएर व्यक्तिगत तर्फ ९.१ प्रतिशत र संस्थागत तर्फ ७.१ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा व्यक्तिगत तर्फ १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
हिमालयन बैंकले १०.६० प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर तोकेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाल सीडी रसियो ८१.३१ प्रतिशतमा झरेको छ । कृषि विकास बैंकले मंसिरका लागि ०.०४८ प्रतिशत घटाएर व्यक्तिगत तर्फ ९.५१२ प्रतिशत र संस्थागत तर्फ ७.९१२ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा व्यक्तिगत तर्फ ९.७६ प्रतिशत र संस्थागत तर्फ ७.७६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मंसिरका लागि ०.५ प्रतिशत घटाएर व्यक्तिगत तर्फ ९.५१ प्रतिशत र संस्थागत तर्फ ७.५१ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा व्यक्तिगत तर्फ १०.०१ प्रतिशत र संस्थागत तर्फ ८.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले ०.५ प्रतिशत घटाएर व्यक्तिगत तर्फ ९ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा व्यक्तिगत तर्फ ९.५ प्रतिशत र संस्थागत तर्फ ७.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
एभरेष्ट बैंकले मंसिरमा ०.२२४ प्रतिशत घटाएर व्यक्तिगत तर्फ ९ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा व्यक्तिगत तर्फ ९.२२४ प्रतिशत र संस्थागत तर्फ ७.२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगत तर्फ ८.९७ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा व्यक्तिगत तर्फ ९.२२ प्रतिशत र संस्थागत तर्फ ५.५५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
यस्तै, सानिमा बैंकले मंसिर महिनाका लागि ०.२२४ प्रतिशत घटाएर व्यक्तिगत तर्फ ९ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा व्यक्तिगत तर्फ ९.२२४ प्रतिशत र संस्थागत तर्फ ७.२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
प्रभु बैंकले मंसिर महिनाका लागि ०.२२४ प्रतिशत घटाएर व्यक्तिगत तर्फ ९ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा व्यक्तिगत तर्फ ९.२२४ प्रतिशत र संस्थागत तर्फ ७.२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगलत प्रक्रियाबाट जग्गा लिलाम गरेपछि कृषि विकास बैंकको लहानमा शाखामा ऋणीले लगाए ताला
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार