ऋणबाट चल्ने बीआरआई परियोजनाका लागि कम्युनिष्ट नेताहरूको चीन दौडाहा

नेपालबहस संवाददाता
कात्तिक ३०, २०८० बिहिबार १५:४७:२३
३० कात्तिक, काठमाडौं । नेपालका कम्युनिष्ट नेताहरूले बीआरआई मार्फत नेपालमा लगानीको वातावरण बनाउने निकै प्रयत्न गरिरहेका छन् । खास गरी नेकपा माओवादी र नेकपा एसका नेताहरूले यसलाई बारम्बार वकालत गर्दै आएका छन् । एकपछि अर्को गर्दै चीन भ्रमणमा पुगेका नेताहरूले वकालत गर्न थालेका हुन् । नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा , नारायणकाजी श्रेष्ठ, अग्नी सापकोटा, महासचिव देव गुरुङ लगायतका धेरै नेताहरूले चीन पुगेर बीआरआईको फोरममा भाग लिँदै आएका छन् ।
बीआरआई जसको पुरा अर्थ बेल्ट एन्ड रोड इनिसिएटिभ भन्ने हुन्छ । बीआरआई चिनियाँ राष्ट्रपति सी जिङपिडले पहिलो पटक काजस्थानस्थित नजरवावेभ युनिभर्सिटीबाट सन २०१३ सेप्टेम्बर ७ को दिन कागस्थान भ्रमणका क्रममा घोषणा गरेका हुन । उनले दोस्रो पटक एशियन मुलुकहरूको भ्रमणका क्रममा सन २०१३ अक्टोबर ३ मा बीआरआईको घोषणा गरेका हुन । बीआरआईमा उल्लेखित बेलले समुद्री मार्गलाई जनाउँछ भने रोडले स्थल मार्गलाई जनाउँछ । बेल्टले चीनको पश्चिमी भागलाई मध्य एशिया रुस, युरोप भूमध्य सागर, अरब सागर, दक्षिण पुर्वी एशिया, दक्षिणी एशिया र हिन्द महासागरसँग जोड्छ त्यसै गरी रोडले सामुद्रिक मार्गद्वारा चीनलाई युरोप र अफ्रिकासँग जोड्छ ।
पछिल्लो पटक नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ‘शेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रमलाई सम्बोधन गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी 'सीपीसी'को निमन्त्रणामा चीन पुगेका अध्यक्ष नेपालले खुनमिङमा आयोजित दक्षिण र दक्षिण एसियाली पार्टीहरूको भेला र अनुभव आदानप्रदान कार्यक्रममा सम्बोधन गरेर नेपाल फर्केका हुन । त्यसअघि वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरू चीन गएर सम्बोधन गरिसकेका छन् । नेता नेपालले पनि सम्बोधनका क्रममा बीआरआईलाई थप गतिका साथ अघि बढाउने विश्वास व्यक्त गरे । अध्यक्ष नेपालले कनेक्टिभिटी 'आवागमन', खुला विश्व अर्थतन्त्रलाई सहयोग, व्यावसायिक सहायता योजना, हरित विकास, विज्ञान प्रविधिको नव प्रवर्तन, जनता–जनताबीच आदान प्रदान, एकीकृत सहयोग परियोजना, बेल्ट र रोडका लागि संस्थागत विकासलाई सुदृढ गर्ने विषय सह्रानीय र दूरगामी महत्त्वको रहेको उल्लेख गरेर नेपाल फर्के ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले अशान्तिको सामना गरिरहेको विश्वमा विश्वशान्ति, बहुपक्षीयता र सहयोगलाई जोड दिँदै बीआरआईमार्फत विश्वलाई उच्च गुणस्तरको सार्वजनिक वस्तु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त हुनु सिंगो विश्वको लागि खुसीको विषय भएको पनि दाबी गरेका थिए । ‘भविष्यको लागि सहयोग सुनिश्चित गर्न मार्गदर्शक सिद्धान्त, प्लेटफर्म र मूल्यांकन प्रणाली प्रस्तुत गरिएबाट बीआरआईले आगामी दिनमा थप गति प्राप्त गर्ने हाम्रो अपेक्षा छ । एक लाख ट्रेनिङ अवसर, विज्ञान र प्रविधिको अन्वेषणका लागि आगामी ५ वर्षमा १०० वटा प्रयोगशाला निर्माण, नमुना परियोजना, सानो तर स्मार्ट जीविकोपार्जन कार्यक्रम, बैंकद्वारा अर्बौं रकमको सहयोग परियोजना स्थापनाजस्ता कार्यक्रमबाट आगामी दिनमा सिंगो विश्व लाभान्वित हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । एक हजार वटा साना जीविकोपार्जन सहायता परियोजना कार्यान्वयन गर्ने चीनको प्रतिबद्धताले बीआरआईमार्फत चीनले मानव कल्याणका लागि गर्ने कामको नमुना प्रस्तुत गर्दछ’, नेपालले आफ्नो सम्बोधनको क्रममा भने । ‘शेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रममा अध्यक्ष नेपालसहित एशियाका १ सय १९ वटा पार्टीका प्रतिनिधि खुनमिङ पुगेका थिए । एकीकृत समाजवादीबाहेक नेपालबाट कांग्रेस र राप्रपासहितका दलका प्रतिनिधि पनि सम्मेलनमा सहभागी भएका थिए ।
चीनका २० वटा मुलुक नेपाल जस्तै गरी सीमाना जोडिएका छिमेकी मुलुक छन । आर्थिक सामाजिक हिसाबले ठूलो महत्व राख्ने र सुरक्षाको दृष्टिले समेत अत्यन्त चुनौतिपूर्ण मुलुकहरूको चीन नेपाल जस्तै छिमेकी मुलुकको रूपमा रहेको छ । एशियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंक र सिल्करोड फण्डको सहभागितामा आर्थिक परिचालन गरी अगाडि बढाइने यो परियोजनामा सबै छिमेकी मुलुकहरूको सहभागिता हुनेछ भन्ने चिनियाँ राष्ट्रको विश्वास रहेको छ । नेपालको सन्दर्भमा नेपालले सन २०१४ मा यस परियोजनामा सैद्धान्तिक सहमति जनाउँदै सन २०१६ मार्च २१ मा ट्रान्जिट ट्रान्सपोट एग्रिमेन्ट हुँदै सन २०१६ मे १२ मा बीआरआई परियोजनामा हस्ताक्षर गरेको थियो ।
त्यस लगतै नयाँ संविधान लागु भएपछिको व्यवस्थापिकाबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा समेत दुवै पक्षको संयुक्त हस्ताक्षर भएको १४ बुँदामध्ये बुँदा नं. ६ मा बीआरआईलाई प्रष्टसँग खुलाएर लेखिएको छ भने अन्य धेरै बुँदाहरू समेत बीआरआई परियोजनासँग सम्बन्धित रहेको प्रष्ट देखिन्छ । यसले के प्रष्ट गरेको छ भने नेपाल सरकार र चिनियाँ सरकार दुवै यस परियोजनालाई पूर्णता दिनका लागी कटिबद्ध छन तर चीन सरकारको तर्फबाट बेलाबखत के धारणाहरू आउँछ भने नेपाल सम्झौता जति सजिलैसँग गर्छ तर कार्यान्वयनमा त्यति सजिलै लैजाँदैन । चीन सरकारको धारणालाई नेपाल सरकारले दृढताका साथ यो परियोजना मार्फत सम्बोधन गर्न खोजेको देखिन्छ । तर यो परियोजना चीन ऋण भएकाले कम्युनिष्ट पार्टी बाहेकका अन्य दलले नेपालमा सकारात्मक रुपमा लिएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
मंसिर १८, २०८० सोमबार
नेपाल एयरलाइन्सबाट विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ खोसियो, अध्यक्ष अधिकारीको जागिर पनि धरापमा
मंसिर १५, २०८० शुक्रबार
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकरणमा १० अर्बको भ्रष्टाचार, क-कसले लिए पैसा ?
मंसिर १५, २०८० शुक्रबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
सुन तस्करी जाँचबुझ आयोगः १० जना प्रतिवादीहरूको बयान सकियो, मंगलबार राहुल महराको पालो
मंसिर १९, २०८० मंगलबार
इजलासको २६ नम्बरमा रहेको टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १९, २०८० मंगलबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
मंसिर १९, २०८० मंगलबार
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
मंसिर १९, २०८० मंगलबार
एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न ?
मंसिर १९, २०८० मंगलबार