रुपन्देहीको देवदहमा बस दुर्घटना, २० जना घाइते
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १, २०८० शुक्रबार १०:१६:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/Bus-Accident_hUR594UK2D_v3NwS8xlvP.jpg)
१ मंसिर, काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था सामान्य छ ।
बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए । बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीको नेतृत्वमा १० जनाको टोली र वडा प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक महेश पाठकको नेतृत्वमा ७ जनाको टोली उद्धारमा खटिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार