बन्द गर्नुपर्ने कारण माग गर्दै टिकटकले नेपाललाई पठायो पत्र, २९ लाख ८० हजार भिडिओ हटाएको दावी
नेपालबहस संवाददाता
मंसिर १, २०८० शुक्रबार १०:४९:१६
१ मंसिर, काठमाडौं । टिकटकको मुख्यालयले बन्द गर्नुपर्ने कारण खुलाउन माग गर्दै नेपाल दूरसञ्चार प्राधिकरणमार्फत नेपाल सरकारलाई पत्र पठाएको छ । उसले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय नेपाल सरकारसँगको सहकार्य विपरीत भएको बताएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार टिकटक मुख्यालयले टिकटक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न संवादका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णय अस्पष्ट भएकाले स्पष्ट कारण खुलाउन आग्रह गरिएको छ ।
टिकटकले आफूहरूले नियमित रूपमा मापदण्ड बाहिरका भिडियोहरु हटाइरहेको जनाएको छ । टिकटकले सुरक्षा चुनौतीलाई सम्बोधन गर्न प्रयास गरिरहेको र थप गर्नुपर्ने कार्यका लागि पनि तयार रहेको जनाएको छ । उसले अक्टोबर २०२२ देखि जुन २०२३ सम्मको अवधिमा कम्युनिटी गाइडलाइन विपरित कार्य गर्ने नेपाली प्रयोगकर्ताका २९ लाख ८० हजार भिडिओ हटाएको दावी गरेको प्राधिकरणले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
पुष ११, २०८१ बिहिबार