कफीको समर्थन मूल्य निर्धारण, प्रतिकेजी १०० पुग्यो
नेपालबहस संवाददाता
मंसिर १, २०८० शुक्रबार १२:४५:७
१ मंसिर, काठमाडौं । सरकारले आजदेखि लागु हने गरी कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले फ्रेस चेरी ए को प्रतिकेजी १ सय रुपैयाँ मूल्य निर्धारण गरेको हो । गत वर्षको मूल्यभन्दा प्रतिकेजी ५ रुपैयाँ बढाएर बोर्डले यो वर्षको मूल्य १ सय रुपैयाँ निर्धारण गरेको छ ।
गत वर्ष फ्रेस चेरी बी प्रतिकेजी ९० रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । बोर्डले हरेक वर्षको मंसिर १ गते लागू हुने गरी कफीको मूल्य निर्धारण गर्दै आएको छ । बोर्डले यसलाई निरन्तरता दिदै बिहीबार यो वर्षका लागि कफीको मूल्य निर्धारण गरेको हो । बोर्डका अनुसार फ्रेश चेरी बीको प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ ।
गत वर्ष यसको ८५ रुपैयाँ थियो भने यो वर्ष प्रतिकिलो ५ रुपैयाँ बढाएर ८० रुपैयाँ पुर्याइएको हो । यस्तै पार्चमेन्ट प्रशोधित कफीतर्फ ‘ए ग्रेड’ को प्रतिकिलो पाँच सय रुपैयाँ निर्धारण गरेको छ । बी ग्रेडलाई ४५० रुपैयाँ नै कायम गरिएको छ । यस्तै ड्राइचेरी ‘ए ग्रेड’ प्रतिकिलो २०० रुपैयाँ कायम गरेको छ भने ड्राइचेरी बी १५० रुपैयाँ निर्धारण गरेको छ ।
८ सय मिटरभन्दा माथिको उचाईमा प्राङ्गारिक प्रणालीअनुसार उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने र केलाएर छानिएको चेरीलाई ए ग्रेडको फ्रेस चेरी कफी भनिएको हो । यस्तै ग्रेड ए गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११ प्रतिशत चिस्यान भएको कफीलाई पार्चमेन्ट ए ग्रेडको कफी भनिन्छ ।
त्यसैगरी ग्रेड ए फ्रेस चेरीबाट उत्पादन भएको ड्राई चेरीलाई ए ग्रेडको ड्राई चेरी ए ग्रेडको कफी भनिएको हो । नेपालमा उत्पादन हुने कफी विश्वको उत्कृष्ट कफीमध्ये एक मानिएको छ । कफी बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले आर्थिक वर्ष २०७९÷८० मा नेपालभर ३९४.४ टन ग्रीन वीन कफी उत्पादन भएको बताए । उनले कुल उत्पादनको झन्डै २० प्रतिशत कफी विदेश निर्यात भएको पनि जानकारी दिए ।
निर्देशक भट्टराईका अनुसार आर्थिक वर्ष २०७८÷७९ को तथ्यांक अनुसार १२ करोड ७६ लाख रुपैयाँ बराबरको ७९.८ टन कफी नेपालमा आयात हुँदा ११ करोड ७० लाख रूपैयाँ बराबरको ६९.५ टन मात्रै कफी निर्यात भएको थियो । आर्थिक वर्षमा २०७९÷८० को तथ्यांक अनुसार १३ करोड ४ लाख बराबरको ७७.८६ मे. टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख बराबरको ४५० टन कफी आयात भएको छ ।
नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दाढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात हुँदा सरदर प्रति केजी १६ अमेरिकी डलर प्राप्त हुने गर्छ । आयात मूल्यको तुलनामा झन्डै २÷३ गुणा बढी मूल्यमा नेपाली कफी निर्यात हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार