फिलिपिन्समा अमेरिकाले आणविक लगानीको बाटो खोल्यो
नेपालबहस संवाददाता
मंसिर १, २०८० शुक्रबार १३:३७:२४
१ मंसिर, सान फ्रान्सिस्को । आफ्नो विद्युत आपूर्तिलाई विस्तार गर्न खोजिरहेको फिलिपिन्समा लगानीको बाटो स्पष्ट गर्दै अमेरिकाले बिहीबार फिलिपिन्ससँग आणविक सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।
फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोसको उपस्थितिमा उनका रक्षामन्त्रीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग उक्त सम्झौतामा हस्ताक्षर गरे। एक वर्षभन्दा बढी समयदेखि सत्तामा रहेका मार्कोस अमेरिकाको घनिष्ठ सहयोगी बनेकाे छ ।
“हामीले सन् २०३२ सम्म आणविक ऊर्जा फिलिपिनी ऊर्जा मिश्रणको एउटा हिस्सा बन्ने देखेका छौँ र हामी आफ्नो साझेदारहरूमध्येको एक अमेरिकासँग उक्त मार्गमा अगाडि बढ्न पाएकामा अत्यन्त खुशी छौँ”, मार्कोसले भने, “आणविक ऊर्जा एउटा यस्तो क्षेत्र हो जसमा हामीले फिलिपिन्स–अमेरिका गठबन्धन र साझेदारी वास्तवमै हाम्रा जनता, अर्थतन्त्र र पर्यावरणका लागि काम गरेको देखाउन सक्छौँ ।”
उनका अनुसार उनले बढ्दो ऊर्जा माग पूरा गर्न सम्पूर्ण देशका लागि किफायती, भरपर्दो र दिगो ऊर्जा आपूर्ति निर्माण गर्न पहिले गरेको वाचा पूरा गर्दै छन् । ब्लिङ्केनसँग हस्ताक्षरित सम्झौताले फिलिपिन्सलाई आणविक हतियार उत्पादन गर्न हस्तान्तरण गरिएको आणविक सामग्रीको प्रयोगविरुद्ध सुरक्षा गर्न प्रतिबद्ध गर्दछ । अमेरिकी आणविक ऊर्जा ऐनमा उसको खण्डपछिको १२३ सम्झौता भनेर चिनिने उक्त सम्झौता प्रसारसँग सम्बन्धित कानूनहरूको उल्लङ्घनबाट सावधान बनाउन अमेरिकी आणविक कम्पनीहरूको लगानीका लागि महत्त्वपूर्ण छन् ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सन् २०२२ नोभेम्बरमा फिलिपिन्सको भ्रमणका क्रममा १२३ सम्झौताको सुरुआतको घोषणा गरेका थिए। विदेशमन्त्री ब्लिङ्केनले एक वर्ष पूरा भएको १२३ सम्झौताका लागि सबैभन्दा द्रुत भएको बताए । हालै वर्षमा अमेरिकाले दुर्घटनाका जोखिमका बारेमा पर्यावरणविदहरूको चिन्तालाई अस्वीकार गर्दै ऊर्जाको भरपर्दो र कार्बनमुक्त रूपमा आणविक ऊर्जालाई उत्साहपूर्वक अँगालेको छ ।
“फिलिपिन्समा सन् २०४० सम्ममा ऊर्जाको उच्चतम माग झन्डै चार गुणाले बढ्ने अपेक्षा गरिएको छ, आणविक ऊर्जाले धेरै हरितगृह ग्यास उत्सर्जन नगरी निरन्तररूपमा समुदायको महत्त्वपूर्ण आवश्यकताहरू पूरा गर्न पर्याप्त मात्रामा ऊर्जा उत्पादन गर्न सक्छ”, विदेशमन्त्री ब्लिङ्केनले भने ।
फिलिपिन्समा पहिलेदेखि नै यस क्षेत्रको सबैभन्दा धेरै ऊर्जा लागत छ । यो मुलुकको मुख्य द्वीप लुजोनलाई करिब ४० प्रतिशत विद्युत् आपूर्ति गर्ने मालाम्पाया ग्यास क्षेत्र केही वर्षभित्र सुक्न सक्ने अपेक्षा गरिएपछि फिलिपिन्सले आसन्न सङ्कटको सामना गर्नुपरिरहेको छ ।
फिलिपिन्सले आफ्नो जलवायु लक्ष्यको हिस्साका रूपमा आणविकलगायत ऊर्जा समावेश नभएको नवीकरणीय ऊर्जामार्फत सन् २०३० सम्ममा विद्युत् उत्पादनलाई ३५ प्रतिशत र सन् २०४० सम्ममा ५० प्रतिशत बनाउने लक्ष्य राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्लीका मुख्यमन्त्री अतिशीले लिइन् शपथ
असोज ५, २०८१ शनिबार
राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै
असोज ५, २०८१ शनिबार
गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौं
असोज ५, २०८१ शनिबार
नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया
असोज ५, २०८१ शनिबार
मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार