कांग्रेसले भूकम्प पीडितका लागि कार्यकर्ता खटाएर १०० वटा अस्थायी आवास र एक हजार टहरा बनाइदिने
नेपालबहस संवाददाता
मंसिर १, २०८० शुक्रबार १४:४०:३६
१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट भूकम्पपीडितका लागि एक सय अस्थायी आवास र एक हजार टहरा बनाइदिने भएको छ । पार्टीको पहलमा एक सय अस्थायी आवास बनाउने र थप एक हजार टहरा बनाउन पार्टीका नेता कार्यकर्ता परिचालित गरिने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
अस्थायी आवास र टहरा बनाउने काम महामन्त्रीद्वयको नेतृत्वमा हुनेछ । आवास र टहरा बनाउने कार्यका लागि महामन्त्री नेतृत्वबाट खटिएको टोली प्रभावित क्षेत्रमा पुग्ने बताइएको छ । पार्टीको केन्द्रीय सदस्यले जाने टोलीको नेतृत्व गर्नेछ । एउटा टोली एक साता निर्माण कार्यमा खटाइने कांग्रेसले जनाएको छ ।
टोलीमा दुई जना दक्ष र दुई जना अर्ध दक्ष गरी ७ जना खटिनेछन् । भूकम्प प्रभावित क्षेत्रमा निर्माणका कार्यमा खटिने जनशक्ति अभाव रहेकाले कामदारहरू काठमाडौं र अन्य क्षेत्रबाट व्यवस्थापन गर्ने कांग्रेसले जनाएको छ ।
सरकारले भूकम्प पीडितहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । भुकम्पले पूर्ण क्षति वा आंशिक क्षति भई बस्न अयोग्य भएकाहरूलाई ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।
सरकारले दिने अनुदान ढिलो भयो भने सरकारी योजना नै असफल हुने कांग्रेसको आशंका छ । सरकारी योजना सफल बनाउन सहकार्य गर्न तयार रहेको कांग्रेसले जनाएको छ । सरकारी अनुदानको रकम पुग्नु अघि नै कांग्रेसले अस्थायी टहरा बनाउने अभियान सुरु गरिसक्ने जनाएको छ ।
उक्त भुकम्पले १३ जिल्लामा क्षति पुर्याएको गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रति कार्य शाखाले जनाएको छ । १५४ जनाको मृत्यु भएको उक्त भुकम्पका कारणले २६ हजार ५५७ घर पूर्ण क्षति र ३५ हजार ४५५ घर भूकम्पबाट आशिंक क्षति पुगेको शाखाले जानकारी गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार