एघार महिनासम्म प्रधानमन्त्री भइरहन पाएकोमा दाहाल दंग
नेपालबहस संवाददाता
मंसिर १, २०८० शुक्रबार १६:३३:२०
१ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज तनहुँ र पोखरामा गरी दुई ठाउँको सम्बोधनमा आफू प्रधानमन्त्री भएको मात्र नभएर ११ महिनासम्म टिक्न सकेको प्रसंग कोट्याए । उनले साथीहरूले एक महिना पनि प्रधानमन्त्रीमा टिकिराख्न नसक्ने भनेको कुरा सुनाउँदै उनले ११ महिनासम्म टिकेकोमा गर्व गरे ।
प्रधानमन्त्री प्रचण्डले एक महिनाभन्दा बढी प्रधानमन्त्री हुन नसक्ने साथीहरूले बताए पनि आफू १० महिनादेखि प्रधानमन्त्री भइरहेको बताए । सबैभन्दा थौरै समय प्रधानमन्त्री अटल बिहारी बाजपेयी १३ दिन भएको उनले सुनाए । बाजपेयीले १३ दिनमै सरकार छोड्नु परेको रहेछ, म त ११ महिना टिके ।
अझै प्रधानमन्त्री भएर भ्रष्टाचार र बेइमानहरूलाई ठीक गर्ने विचार छ, उनले भने, सुशासन, सामाजिक न्याय र समृद्धिलाई अझै राम्रो गर्ने, गर्न खोज्दा खोज्दै कोही आएछन् भने जनता त छँदैछन् । आँबुखैरेनीमा शुक्र चुमानले गरेजस्तै केन्द्रमा हामीले त्यसै गरियो भने जनताले साथ दिने पक्का छ ।
शुक्रबार तनहुँको आँबुखैरेनी अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘कोही १५ दिन, कोही २० दिन प्रधानमन्त्री बनेका रहेछन् । साथीहरू भन्थे– एक महिनाभन्दा बढी तेरो जाँदैन । ठिकै छ, एक महिना राम्रो काम गर्ने कोसिस गर्छु, गर्दा गर्दै छाड्नु परेछ भने जनतामा जान्छु भनेको थिएँ । भन्दै जाँदा अहिले १० महिना, अब ११ महिना हुन लागिसक्यो, बाँचि राखिएको छ, प्रधानमन्त्री भइ राखिएको छ ।’
उनले अझै राम्रो काम गर्न आफूले खोजिरहेको बताए । प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने इच्छा उनको थियो । संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पुर्याउने काम अझै बाँकी रहेको उनले बताए । संविधानले परिकल्पना गरेको सबै अधिकार तल्लो तहसम्म पुर्याउँछौँ, अधिकार नपुग्दै गर्दा संघीयता असफल भयो भन्न नहुने उनको तर्क थियो ।
प्रदेश सरकार बलियो बनाउन प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन आवश्यक भएको बताउँदै प्रधानमन्त्री भने, यी ऐन भए मात्रै प्रदेश सरकार बलियो हुन्छ, नत्र बलियो हुँदैन । प्रदेश सरकार भएको अनुभूति जनतालाई दिलाउन सकिएन भने प्रदेशको महत्वबारे बुझाउन सकिँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार