छठको तयारी सुरु : हेर्नुस तस्विरमा सिंगारिन थाले जलाशय
नेपालबहस संवाददाता
मंसिर १, २०८० शुक्रबार १७:१४:३०
१ मंसिर, काठमाडौं । तिहार सकिएसँगै छट पर्वको तयारी सुरु भएको छ । विशेष गरी तराई मधेसमा मनाईने छट पछिल्ला वर्षमा काठमाडौं उपत्यकालगायत पहाडी भेगमा समेत मनाउन थालिएको छ । जनकपुरको प्रसिद्ध गंगासागर लगायत, विभिन्न जलाशय तथा काठमाडौंको पशुपति क्षेत्र स्थित गौरी घाटलगायतका क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको हो ।
गौरीघाटमा छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम सुरु गरेको हो । छठ पूजाको सबै तयारी अन्तिम चरणमा पुगेको भन्दै बत्ति, टेन्ट सबैको काम भइरहेको गौरीघाट छठ पूजा व्यवस्थापन समिति अध्यक्ष अनिल कुमार सिंहले जानकारी दिएका छन् ।
उनले भने, ‘सबै तयारी अन्तिम चरणमा छ, यहाँ मुख्य कुरा भनेको सरसफाइ हो हामीले खोलाहरू सफा गरेका छौ । यसको साथै बत्ति, टेन्ट सबैको काम भइरहेको छ । २ दशकभन्दा बढि समय भयो यहाँ छठ मनाउँन थालिएको, यहाँ घाटमा धेरै नै फोहोर छ, पशुपति विकास कोषले हेर्छ तर जति हुनुपर्ने त्यही भएको छैन् । यहाँ ४ देखि ५ लाख मानिस आउँने गर्छन्, व्रतालु ५ सयभन्दा बढि हुदैँन् ।’ गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौंका २१ स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको छ ।
गौरीघाटस्थित बागमती नदीमा सफाइ गर्ने, नदी किनाराका झार तथा फोहर हटाउने, टेन्ट तथा त्रिपाल, बत्ती एवं छठी माताको मूर्ति राख्ने काम जारी छ । पछिल्लो समय पहाड एवं हिमाल वासीले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन् । तराईमा धुमधामसँग मनाइने सूर्य आराधनाको पर्व छठ एक दशक अघि देखि काठमाडौंमा पनि भव्य रुपमा मनाउन थालिएको छ ।
यस वर्ष मंसिर ३ गते आइतबार छठ पर्वअन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । त्यस दिन राष्ट्रपति विद्यादेवी भण्डारीले गौरीघाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने जनाइएको छ । यस्तै, मंसिर ४ गते सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिमाटी तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ताको भीड [ फोटो फिचर ]
पुष २, २०८१ मंगलबार
नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली
पुष १, २०८१ सोमबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार