बरुण हत्या काण्ड : ८ जना पक्राउ, ३ जना फरार
नेपालबहस संवाददाता
मंसिर १, २०८० शुक्रबार १७:५१:३१
दीपक शर्मा
१ मंसिर, बर्दिया । बरुण घिमिरेको हत्याको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कात्तिक २६ गते राति २३ वर्षका वरुण घिमिरेलाई पुरानो रिसईबीका कारण हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा गुलरिया नगरपालिका ६ का २३ वर्षिय सुलभ थापा, वार्ड न ५ का १९ वर्षिय दिपेश बुढामगर, वार्ड न ६ का २४ वर्षिय धिरज ठाकुर, वार्ड न ८ का १९ वर्षिय सन्दिप थारु, सोहि वडाका १९ वर्षिय दिनानाथ चोधरी , वार्ड न ६ कृष्णसार टोलका १८ वर्षिय रक्षक भनिने रोशन शाह , वार्ड न ४ गणेशचोकका १८ वर्षिय निश्चल थापा क्षेत्री र बर्दिया ठाकुरबाबा नगरपालिका ३ विदुरपुरका २३ वर्षिय तर्क भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तुल्सिराम अर्यालले जानकारी दिए ।
उनका अनुसार घटनामा संलग्न गुलरिया नगरपालिका ६ का १९ वर्षिय सुरेश भनिने सुयस थापा , गुलरिया ५ का २० वर्षिय आलोक आश्रित, र गुलरिया ४ का १९ वर्षिय सुमन सुनार फरार रहेका छन उनिहरुको खोजी कार्य जारी रहेको छ । प्रहरीका अनुसार गएको कात्तिक २७ गते राति १२ बजेर ३० मिनेटको समयमा गुलरिया नगरपालिका ६ निवासी २० वर्षिय बरुण घिमिरेलाई गुलरिया ५ सुलभ थापा लगायतकाले विभिन्न हातहतियार प्रयोग गरी मरणासन्न हुने गरी घाइते बनाई भागेका थिए ।
गम्भीर घाइते भएका बरुणको उपचारका लागी नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । घटना लगत्तै फरार भएका मध्ये प्रहरीले ८ जनालाई पक्राउ गरेको हो । घटनामा परी अन्य २ जना गुलरिया ६ का २१ वर्षीय मोहित पुन र राजापुर नगरपालिका ६ का २० वर्षिय रञ्जन कुँवर घाइते भएका थिए । उनिहरुको अवस्था सामान्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार