दक्षिण फिलिपिन्समा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
नेपालबहस संवाददाता
मंसिर १, २०८० शुक्रबार २१:४७:४७
१ मंसिर, मनिला । दक्षिण फिलिपिन्समा शुक्रबार छ दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण 'युएसजिएस' ले बताएको छ । स्थानीय अधिकारीहरूले भूकम्पबाट सम्भावित क्षतिको चेतावनी दिएका छन् ।
ग्रिनविच मिन टाइमअनुसार बिहान ८ः१४ मा ७८ किलोमिटर गहिराइमा मुख्य दक्षिणी द्वीप मिन्डानाओको साराङ्गानी प्रान्तमा भूकम्प गएपछि सुनामीको कुनै खतरा नभएको युएसजिएसले एक विज्ञप्तिमा बताएको छ ।
हताहतको तत्काल कुनै खबर आएको छैन यद्यपि पहाडी द्वीपको फराकिलो क्षेत्रमा भूकम्प महसुस गरिएको छ । “मैले अनुभव गरेकोमध्ये यो सबैभन्दा शक्तिशाली भूकम्प थियो”, भूकम्पको केन्द्रविन्दुबाट करिब दुई सय किलोमिटर टाढा रहेको डाभाओ सहरमा एक कार्यक्रममा भाग लिन आएकी २७ वर्षीया केशिया लेरानले भने, “मेरो वरपरका मानिसहरू आतङ्कित हुँदै बाहिर जान दौडिरहेका थिए, यहाँ, कार्यक्रममा सयौँ मानिस छन् त्यसैले मलाई भागदौड हुन्छ भन्ने डर थियो ।”
प्यासिफिक ‘रिङ अफ फायर’ का छेउमा रहेको फिलिपिन्समा भूकम्पहरू जानु सामान्य घटना हुन् । ‘रिङ अफ फायर’ तीव्र भूकम्पीय र ज्वालामुखी गतिविधिको चाप हो र यो जापानबाट दक्षिणपूर्व एसिया र प्रशान्त बेसिनसम्म फैलिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार