जाडोमा छालाको ख्याल कसरी गर्ने ? यस्ता छन् टिप्सहरू

नेपालबहस संवाददाता
मंसिर २, २०८० शनिबार ८:०:०
२ मंसिर, काठमाडौं । जाडो राम्रो मौसम हो तर यो मौसममा छाला सुख्खा र निर्जीव हुन्छ । छालाको चमक पनि कतै हराउछ । हरेक मौसममा छालाको हेरचाह गर्नुपर्छ तर यो मौसममा छालाको विशेष हेरचाह चाहिन्छ। अन्यथा, छाला सुख्खा हुने र चिलाउनेसँगै कालो हुन्छ।
जाडोमा छालाको उचित हेरचाह गर्नाले छाला चम्किलो रहन्छ । चिसो वातवरण र सुख्खा हावाले गर्दा छालाको नरमपन हरेक दिन र सेकेण्ड खोसिने गर्छ। यस अवस्थामा तुरुन्तै हेरविचार नगरे सुख्खा छाला फुट्न, रगत निस्किन सक्ने र छालालाई अझै खराब बनाउँछ। गर्मी मौसममा पनि छालालाई केयर चाहिन्छ तर चिसो मौसममा यसको अझै बढी आवश्यक पर्न जान्छ।
जाडोको मौसममा आफ्नो छालालाई नरम र आकर्षक राख्न् अपनाउनुस् यी टिप्सहरुः
मनतातो पानीको प्रयोग गर्नुहोस्
जाडोमा तातो पानीमा नुहाउँदा आनन्द आउँछ तर जब तपाईं आफ्नो अनुहार र हात खुट्टा धुनुहुन्छ तपाईं मनतातो पानीको प्रयोग गर्नुहोस्। यसो गर्दा तपाईंको छालामा भएको चिल्लोपन कम मात्रामा बाहिर निस्कन्छ जसले गर्दा तपाईंको छाला मोस्टराईज भईरहन्छ।
हरेक पटक मुख धाेएपछी मोस्टराईजरको प्रयोग गर्नुहोस्
तपाईंले आफ्नो छालालाई अझ राम्रो राख्नको लागि हरेक पटक अनुहार, हातखुट्टा सफा गर्दा मोस्टराईजरको प्रयोग गर्नुहोस्। मोस्टराईजरलाई सधैं आफ्नो बाथरुममा राख्नुहोस् र हरेक पटक छाला सफा गरिसकेपछी त्यसको प्रयोग गर्नुहोस्।
मोस्टराईजर छान्दा ख्याल गर्नुहाेस्
छालालाई नरमपन कायम राख्न- जाडोमा छालाको हेरचाह अत्यन्त जरुरी हुन्छ । कुनै कुनै मोस्टराइजर पेट्रोलियम आधारित सामाग्रीद्धारा बनाईएको हुन्छ जसले तपाईंको छालालाई जाडो मौसममा अझै सुख्खा बनाउन सक्छ। त्यसैले जाडो महिनामा ओयल बेस्ड मोइस्चराइजर प्रयोग गर्नु उचित हुन्छ । किनभने यसले छालामा सुरक्षात्मक सतह बनाउँछ ।
हाम्रो छालालाई क्रिम र लोसनलेभन्दा बढी नरम ओयलले बनाउँछ । ओयलमा पनि बदामको ओयललाई सबैभन्दा राम्रो मानिन्छ । कारण ओयलले छालाको रोम छिद्रलाई खुल्ला पार्न मद्दत गर्छ । साथै, छालालाई सुन्दर तथा जीवन्त राख्न मद्दत गर्छ त्यसैले मोस्टराईजर किन्नु भन्दा अगाडि राम्रोसँग बुझेर मात्र किन्नु होला।
पन्जा र स्कार्फको प्रयोग
पन्जा र स्कार्फहरू चिसो हावाहरू, वर्षा र बर्फबाट छालाको सुरक्षा गर्न प्रयोग गर्नुहोस्। गर्मीयामका लागि हाम्रो छालालाई सन्सक्रीमको अतिनै आवश्यकता पर्छ भने त्यत्ति नै जाडोयाममा पनि आवश्यक हुन्छ । जाडोको घामको किरण पनि गर्मीको घामको किरण जस्तो हानिकारक हुनसक्छ, त्यसैले घरबाट निस्कनुअघि आफ्नो छालामा उचित सन्सक्रीम लगाउनुपर्छ ।
प्रशस्त पानी पिउने
जाडो मौसममा हामी एकदम कम मात्रामा पिउने गर्छौ। पानी पिउनको साटो हामी कफी, चिया र अन्य तातो झोल पदार्थ पिउने गर्छौ तर यो कुरा नबिर्सनुहोस् कि तपाईंको छालालाई भित्रमात्र नभएर बाहिरबाट पनि हाइड्रेशनको आवश्यक हुन्छ। पानीको कमीले आँखाको घेरामा कालो आउनु, ओठ सुख्खा हुनु, हात खुट्टाको छाला सुख्खा र कालो हुने हुन्छ । त्यसैले पर्याप्त मात्रामा पानी पिउनुपर्छ, जसबाट छालालाई स्वास्थ्य र मुलायम राख्न सकिन्छ ।कागतीसँग मनतातो पानीको प्रयोगले तपाईलाई धेरै ताजा र छालालाई सुख्खापनबाट बच्न मद्त पुर्याउँछ।
हातखुट्टाको केयरमा बढी ध्यान दिने
हात, खुट्टा र घुँडाहरूले शरीरमा अन्य क्षेत्रहरूको तुलनामा छिटो मुलायमता गुमाउँछन्। त्यसैले, राती सुत्न भन्दा अगाडी शरीरका यी भागमा मोस्टराईजर प्रयोग गरी त्यसको मुलायमपनलाई पन्जा र मोजा प्रयोग गरी बचाउनु होला।
खुट्टाको हेरचाह
जाडोमा खुट्टाको हेरचाह पनि उत्तिकै जरुरी छ । जाडोमा हावा सुख्खा हुँदा अधिकांश मानिसमा खुट्टा फुट्ने समस्या धेरै हुने गर्छ । यसको रोकथामको लागि पनि मोस्टराईजर क्रिमको साथमा राती मोजा लगाएर सुत्नु राम्रो हुन्छ । यसले छाला नरम बनाउनुका साथै छालालाई फुट्न दिँदैन ।
हुन त जाडोमा छालाको स्याहार भन्न साथ हाम्रो दिमागमा ग्लिसिरिन तथा मोस्टराईजरको प्रयोग नै भन्ने बुझिन्छ । जबकी आवश्यक मात्रामा फयाटी एसिड, माछाको तेल, प्रिम रोज तेल, एभोकार्डो, आलस इत्यादीको सेवन बढाएर पनि छालाको सुख्खापनालाई जरादेखि हटाउन सकिन्छ ।
कपालको हेरचाह
जाडोमा छालाको स्याहार जस्तै कपाल पनि अछुतो रहदैन । कपालको हेरचाहका लागि सलफेट नभएको स्याम्पूको प्रयोग गर्नु पर्छ । यसले कपाल सुख्खा हुन दिँदैन ।
त्यस्तै, जाडोमा यसै पनि हावा सुख्खा हुने भएकोले कपालमा आइरन तथा ड्रायरको प्रयोग नगर्न चिकित्सकहरु सुझाव दिने गर्छन् । कन्डिसनर वा मोस्टराईजर भएको हेयर प्याक लगाउन सकिन्छ ।
जाडोमा छालालाई स्वस्थ राख्न बाहिरी हेरचाह मात्र होइन, आन्तरिक हेरचाह पनि निकै आवश्यक हुन्छ । तसर्थ, यदि तपाईँ तपाईँको छाला हरेक मौसममा जवान देखिन चाहनुहुन्छ भने, तपाइँको आहार पनि स्वस्थ हुनुपर्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझगडा गर्ने जोडीको सम्बन्ध १० गुणा बलियो
मंसिर १४, २०८० बिहिबार
आवश्यकताभन्दा बढी साथीहरू सम्बन्धका लागि हानिकारक
मंसिर १२, २०८० मंगलबार
पैताला किन पोल्छ ? यस्ता छन् घरेलु उपचार
मंसिर ३, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
सुन तस्करी जाँचबुझ आयोगः १० जना प्रतिवादीहरूको बयान सकियो, मंगलबार राहुल महराको पालो
मंसिर १९, २०८० मंगलबार
इजलासको २६ नम्बरमा रहेको टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १९, २०८० मंगलबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
मंसिर १९, २०८० मंगलबार
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
मंसिर १९, २०८० मंगलबार
एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न ?
मंसिर १९, २०८० मंगलबार