धनगढीस्थित सारथी अस्पतालमा आगलागी, आठ पसल जलेर नष्ट
नेपालबहस संवाददाता
मंसिर २, २०८० शनिबार १०:५४:२६
२ मंसिर, धनगढी । गए राती धनगढीस्थित सारथी अस्पतालमा आगलागी भएको छ । अस्पतालसँगै जोडिएको भण्डारी सुज सेन्टरबाट सुरु भएको आगलागी फैलिएर अस्पतालमा पनि क्षति पुर्याएको छ । अस्पतालका सञ्चालक वेदप्रकाश जोशीका अनुसार अस्पतालमा आगलागी भएपछि उपचाररत सबै बिरामीलाई राति नै सेती प्रादेशिक अस्पतालमा सारिएको छ । अस्पतालमा पाँच जना उपचाररत थिए ।
अस्पतालको भौतिक संरचना नष्ट भयो तर बिरामीहरूलाई भने तत्काल सेतीमा सिफ्ट गर्यौं जोशीले भने । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भवनमा सारथी अस्पताल सञ्चालन हुँदै आएको थियो । राती १ बजे भएको आगलागी नियन्त्रण गर्न धनगढी, गोदावरी र कञ्चनपुरको पुनर्वास नगरपालिकाका चार वटा दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।
साथै, प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीसमेत खटिएको थियो । प्रहरीको प्रारम्भिक अनुमानअनुसार भण्डारी सुज सेन्टरमा विद्युत सर्टपछि आगलागी भएको हो । आगलागीबाट अस्पताल र सँगै जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको भएको छ ।
आगलागीबाट लाखौँ मूल्य बराबरको समान जलेर नष्ट भएको छ । अस्पतालसँगै रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडको भवनमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा अचानक विद्युत चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए ।
आगलागीबाट सारथी अस्पतालसहित भण्डारीको भण्डारी जनरल स्टोर, टेकेन्द्र शर्माको मधुमाला बेबी सपअ गोदाम, वासुदेव भट्टको भट्ट सपिङ सेन्टर, जगतबहादुर बलायरको सुभिक्षा देवी सपिङ सेन्टर, यशोदा साउदको न्यू सदीक्षा इन्टरप्राइजेज, गौरी भण्डारीको भण्डारी सु सेन्टर, जानकी भट्टको भट्ट ट्रेडर्स एण्ड सप्लायर्समा रहेको मालसामान जलेर नष्ट भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार
के १५ हजार समलिङ्गी सैनिकलाई ट्रम्पले हटाउन खोजेका हुन् ?
पुष १०, २०८१ बुधबार