जापानलाई हराएर नेपालले जित्यो तेस्रो उपाधि
नेपालबहस संवाददाता
मंसिर ३, २०८० आइतबार ११:२२:७
३ मंसिर, काठमाडौं । हङकङमा जारी चारदेशीय महिला टी–२० सिरिजमा नेपाल विजयी भएको छ । यो जितसँगै नेपाल सिरिजको तेस्रो उपाधिमा सीमित भएको छ । आइतबार भएको खेलमा जापानलाई ४५ रनले हराएर नेपाल तेस्रो भएको हो ।
लिग चरणमा तेस्रोमा रहेको नेपाल र चौथोमा रहेको जापानबीच तेस्रो स्थानको लागि खेल भएको थियो । नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर ११५ रन बनाएको थियो । जवाफमा ११६ रनको लक्ष्य पछ्याएको जापानले २० ओभरमा ६ विकेट गुमाए र ७० रन मात्र बनाउन सक्यो ।
चार देश सहभागी सिरिजमा उपाधि जित्ने लक्ष्य बनाए पनि तान्जानिया र हङकङसँग सुरुवाती दुई खेलमा पराजित भएपछि नेपाल उपधि होडबाट बाहिरिएको थियो ।
लिग चरणमा नेपालले जापानलाई मात्र पराजित गरेको थियो भने जापानले सबै तीन खेल हारेको थियो । लिगमा तेस्रो भएको नेपाल र चौथो भएको जापानबीच तेस्रो स्थानको लागि प्लेअफ खेल खेलाइएको हो । शीर्ष स्थानको हङकङ र तान्जियाबीच आजै उपाधिका लागि खेल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतविरुद्ध बंगलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट
असोज ४, २०८१ शुक्रबार
लिग-२ मा अमेरिकाले युएईलाई पराजित गर्यो
असोज २, २०८१ बुधबार
रिक्की पोन्टिङ आईपीएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त
असोज २, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
असोज ६, २०८१ आइतबार
कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली
असोज ६, २०८१ आइतबार
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
असोज ६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ६, २०८१ आइतबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार