उपेन्द्र विरुद्ध रेणु : मधेशका सबै जिल्लामा समानान्तर जिल्ला समिति बन्दै
नेपालबहस संवाददाता
मंसिर ३, २०८० आइतबार १३:४४:१९
३ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी 'जसपा'मा पार्टी अध्यक्ष उपेन्द्र यादव र पार्टीकी कार्यकारिणी समिति सदस्य रेणु यादवबीच टकराव शुरु भएको छ । लामो समय सहकार्य गरेका उपेन्द्र र यादव संगठन निर्माणको क्रममा टकराव शुरु भएको हो । रेणु यति बेला यादवका विरुद्ध मधेस प्रदेशका विभिन्न जिल्लामा जसपाको समानान्तर समितिहरू गठन हुन थालेकी छिन् ।
अहिलेसम्म पर्सा र सप्तरीमा समानान्तर कमिटी गठन भइसकेका छन भने अन्य जिल्लामा पनि गठन गर्ने तयारी भएको स्रोतले जनाएको छ । सप्तरी जिल्ला उपेन्द्र र रेणु दुवैको गृह जिल्ला हो । तिहारको केही दिन अघि मात्र पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षसँग निकट मानिएको जसपा सप्तरीको नेतृत्व विरुद्ध समानान्तर कमिटी गठन गरिएको छ । समानान्तर कमिटी गठन गर्ने काम रेणु आफैले गरेकी हुन । पार्टी अध्यक्ष उपेन्द्रले सप्तरीको अध्यक्षमा आफू निकट नेता केदार यादवलाई बनाएका छन तर केदारको विरोधमा रेणुले उमेश यादवको नेतृत्वमा अर्को कमिटी गठन गरेकी हुन ।
समानान्तर कमिटीको नेतृत्व उमेश यादवले गरेका छन । रेणुलाई पार्टीका केन्द्रीय सदस्य सैलेन्द्र साह, सूर्यनारायण यादव, विनोद यादव लगायतका नेताहरूले सक्रिय साथ दिएका छन । समानान्तर कमिटी हुँदा यी नेताहरू उपस्थित भएका थिए । यसै गरी पर्सामा रामनरेश राय यादवको विरुद्ध समानान्तर समिति गठन गरिएको छ। समानान्तर समितिको अध्यक्षमा सिंहासन तेलीलाई चयन गरिएको छ । तेली पार्टीका नेता पूर्व मन्त्री प्रदीप यादवसँग निकट मानिन्छन् भने राय यादव पार्टी अध्यक्ष उपेन्द्र यादवसँग निकट मानिन्छन् । पर्सा र सप्तरीमा समानान्तर समिति गठन गर्ने तयारी हुँदा समेत पार्टी अध्यक्ष उपेन्द्र यादवले चासो देखाएका छैनन् ।
समानान्तर समिति गठन नगर्न पार्टीका केन्द्रीय अध्यक्षले पार्टी मिलाउने कुनै नि पहल नगरेको नेता कार्यकर्ताले बताएका छन् । पछिल्लो १७ महिना देखि उपेन्द्र र रेणुबीच सम्बन्ध बिग्रेको स्रोतले जनाएको छ । भौतिक पूर्वाधार मन्त्री भएको बेला उपेन्द्रले रेणुलाई फिर्ता बोलाउने निर्णय गरेका थिए । त्यो पनि असार महिनाको मध्य तीर फिर्ता बोलाउन दबाब दिइएको थियो । आफूलाई मन्त्रीबाट फिर्ता बोलाउन दबाब दिए पछि रेणु पार्टी अध्यक्षसँग चिढिएकी थिइन ।
‘असारको मध्य तीर सरसल्लाह नगरी एकैपटक फिर्ता बोलाउनु भनेको मानमर्दन गर्नू थियो’,रेणु निकट एक नेताले भने । मन्त्रीबाट राजीनामा गरे पछि रेणु लामो समय जसपाको राजनीतिबाट निष्क्रिय भएकी थिइन । त्यसभन्दा केही एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेकी थिइन । उनी पार्टीमा निष्क्रिय हुँदा पार्टीको जिम्मेवारीबाट समेत राजीनामा गरेकी थिइन । त्यसको करिब ६ महिना पछि मात्र पार्टीमा सकृय भएकी थिइन । उनले मधेश प्रदेशका सबै जिल्लामा समानान्तर समिति बनाएर पार्टी अध्यक्ष उपेन्द्रलाई चुनौती दिने तयारी गरेकी छिन् । ‘सबै जिल्लामा समानान्तर जिल्ला समितिहरु बन्नेछन्’, रेणु निकट रहेर जिल्ला समिति बनाउन सक्रिय रहेका एक नेताले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभीम रावलले ओलीलाई दिए ३२ पेजको गाली, एक पेजमा राखे पार्टी खोल्ने योजनाः पूर्णपाठ
पुष १७, २०८१ बुधबार
बुधबार ५ अंकले बढेर २५८१ मा नेप्से उक्लिए पनि ३ अर्ब ५९ मा सीमित भयो कारोबार रकम
पुष १७, २०८१ बुधबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ७ जनाको मुद्दामा सरकारी वकिलको बहस सकियो
पुष १७, २०८१ बुधबार
आजदेखि बन्दीपुर भ्रमण वर्ष २०२५ शुभारम्भ
पुष १७, २०८१ बुधबार