पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय ‘क्रसकन्ट्री’ दौड प्रतियोगिता हुने
नेपालबहस संवाददाता
मंसिर ३, २०८० आइतबार १४:३८:१०
३ मंसिर, कास्की । पोखरामा नेपाल—चीन अन्तर्राष्ट्रिय पर्वतीय ‘क्रसकन्ट्री’ दौड प्रतियोगिता आयोजना हुने भएको छ । ‘साझा समृद्धिका लागि दौड’ भन्ने मूल नाराका साथ यही मङ्सिर ९ गते हुने प्रतियोगितामा सामूहिक विधामा नेपाल र चीनका १०र१० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा छ सय खेलाडी सहभागी हुने जनाइएको छ ।
पोखराको पर्यटन प्रबर्द्धन गर्दै खेलकुद सहरका रुपमा स्थापित गर्न गर्ने उद्देश्यले नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताको सहआयोजकमा युनान माउन्टेनरिङ एण्ड आउटडोर स्पोर्ट्स एशोसिएशन र होटल एशोसिएशन पोखराले छन् । प्रतियोगितामा सहभागी हुन चीनको यूनान प्रान्तबाट ७८ खेलाडी र अफिसियल गरेर एक सय चार जना चार्टड विमानमार्फत यही मङ्सिर ७ गते पोखरा आउने जनाइएको छ ।
यसैगरी प्रतियोगितालाई सघाउन चिनियाँ स्वास्थ्यकर्मी र प्राविधिक आउनेछन् । प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरेर चार विधामा प्रतिस्पर्धा हुनेछ । सामूहिक प्रतिस्पर्धामा २० समूहले प्रतिस्पर्धा गर्नेछन् । दौड, साइक्लिङ र डुङ्गा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेताको छिनोफानो हुने संयोजकले पालिखेले बताए । सामूहिक विधातर्फको विजेताले रु तीन लाख ६० हजार पुरस्कार पाउनेछन् ।
द्वितीयले रु दुई लाख ८८ हजार, तृतीयले रु दुई लाख १६ हजार र चौथो स्थान प्राप्त गर्नेले रु एक लाख ४४ हजार पुरस्कार पाउने आयोकजले जनाएको छ ।
यसैगरी व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विजेता महिला पुरुषले जनही रु एक लाख ४४ हजार पुरस्कार पाउनेछन् । उपविजेताले रु एक लाख आठ हजार, तृतीयले रु ५४ हजार र चैेथो देखि सातौँसम्मको रु १८ हजार र दसौँसम्मका धावकले रु नौ हजार पुरस्कार पाउनेछन् । लेकसाइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसे खोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचिबोट हुँदै बाराहीघाटमै आएर विजेताको टुङ्गो लाग्ने बताइन्छ ।
यसैगरी पाँच किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताको विजेता छात्रछात्रालाई जनही रु २५ हजार पाउनेछन् । द्वितीयले रु २० हजार, तृर्तीयाले रु १५ हजार, सान्त्वनाले रु १० हजार र पाँचाँैले रु पाँच हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक पालिखेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार