गुलरिया सास्कृतिक महोत्सवप्रति बर्दियाली कलाकार समाजको घोर आपत्ति
नेपालबहस संवाददाता
मंसिर ३, २०८० आइतबार १४:३८:४७
३ मंसिर, गुलरिया । बर्दीयायाको गुलरियामा मंसिर २ गतेबाट हुन लागेको गुलरिया सांस्कृतिक महोत्सवमा बर्दिया जिल्लाका कलाकारहरुलाई उपेक्षा गरिएको भन्दै बर्दियाली कलाकार समाजले घोर आपत्ति जनाएको छ ।
स्थानीयस्तरको कला संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा बर्दिया जिल्लामै बसी बर्षैदेखि कलाकारिता क्षेत्रमा विशेष योगदान दिएका कलाकारहरू र हरेक विधामा जिल्ला भित्र क्रियाशील कलाकारहरूलाई महोत्सवबारे जानकारी नदिएको समाजको भनाइ छ ।
बर्दियाबाट प्रतिनिधित्व गरि राष्ट्रिय स्तरमा ख्याति कमाएका थुप्रै कलाकार भएपनि नाफा कमाउने उदेश्यले जिल्लाकै कलाकाकारहरुलाई वाईपास गरिनु बर्दियाली कलाकारको लागि दुःख पक्ष भएको को समाजले जनाएको छ ।
थारु समुदायको बाहुल्यता भएको बर्दिया जिल्लामै गरिने मेला महोत्सवहरुमा थारु कलाकारहरुलाई उचित स्थान नदिएकोप्रति पनि समाजको ध्यानाकर्षण भएको छ ।
सबै कलाकारहरुलाई स्थान दिनुपर्नेमा महोत्सवलाई व्यवसायिक हिसाबले मात्र हेरि आम बर्दियाली कलाकारहरुलाई वेवास्था गरी कलाकारिता क्षेत्रमा क्रियाशिल जिल्लाका कुनै पनि संघ संस्थासँग जानकारी वा सहकार्य नगरी गरिएको कार्यक्रम भएकोले सम्पूर्ण बर्दियाली कलाकारहरुको एक जुट भइ घोर आपत्ती जनाएको समाजले बताएको छ ।
आफ्नै घर आगनमा मेला महोत्सव लाग्दा पनि एक जना पनि बर्दियाली कलाकारहरूलाई नबोलाइएको प्रतिहाम्रो असर्मथन रहेको र स्थानिय प्रशासन, नगरपालिका लगायतलाई पनि यस बिषयमा गम्भीर भएर सोच्न हामी आग्रह समेत गर्दछौं, समाजद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा पाँचदिने महोत्सव हुने
कात्तिक २८, २०८१ बुधबार
आजदेखि राजविराज महोत्सव हुँदै
कात्तिक १५, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
असोज ३०, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार