जेलमा रहेका लोकप्रिय इरानी र्यापर जमानतमा रिहा
नेपालबहस संवाददाता
मंसिर ३, २०८० आइतबार १६:३६:४१
३ मंसिर, तेहरान । हिरासतमा महसा अमिनीको मृत्यु भएपछि भड्किएको देशव्यापी विरोध प्रदर्शनको समर्थन गरेको आरोपमा एक वर्षभन्दा बढी समयदेखि जेलमा परेका लोकप्रिय र्यापरलाई इरानी अधिकारीहरूले जमानतमा रिहा गरेको स्थानीय मिडियाले बताएको छ ।
महिलाहरूका लागि कडा पोशाक नियमको उल्लङ्घन गरेको आरोपमा २२ वर्षीया इरानी कुर्द अमिनीको हिरासतमा मृत्यु भएपछि भड्किएको प्रदर्शनको समर्थन गरेको आरोपमा सन् २०२२ अक्टोबरमा ३२ वर्षीय तुमाज सालेहीलाई पक्राउ गरिएको थियो । जुलाईमा सालेहीमाथि ‘भ्रष्टाचार’ को आरोपमा छ वर्षको जेल सजाय सुनाइएको थियो । भ्रष्टाचार इरानको सबैभन्दा गम्भीर अपराधमध्ये एक हो र यसमा अधिकतम सजाय मृत्युदण्डको प्रावधान छ ।
र्यापर सालेहीका वकिल अमिर राइसिनले इरानको सुधारवादी अखबार सार्गलाई भने, “पुनरावेदनमा सर्वोच्च अदालतले प्रारम्भिक सजायमा त्रुटिहरू फेला पारेको थियो र सालेहीलाई जमानतमा रिहा गर्न आदेश दियो ।” सालेहीको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा रातभरि पोस्ट गरिएको एक तस्बिरमा उनलाई सेतो फुलहरूको गुच्छा समातेर जेलबाट बाहिरिएको देखाइएको छ ।
सालेहीविरुद्ध लगाइएका आरोपहरूमा इन्टरनेटमा भ्रम छरेको, राज्यविरुद्ध प्रचार गरेको, मानिसहरूलाई हिंसाका लागि उक्साएको र इरानको शत्रुतापूर्ण सरकारको सहयोगमा सुरक्षामा बाधा पुर्याउने उद्देश्यले अवैध समूहहरू गठन गरेको रहेका छन् ।
इरानी अधिकारीहरूले गत वर्षको विरोध प्रदर्शनलाई विदेशीले उक्साएको ‘दङ्गा’ भनेका छन् । सन् २०२२ सेप्टेम्बर १६ मा अमिनीको मृत्युपछि भएका महिनौँको अशान्तिले दर्जनौँ सुरक्षाकर्मी र सयौँ मानिस मारिएका थिए । साथै हजारौँलाई पक्राउ गरिएको थियो । सुरक्षा बलविरुद्ध हत्या र अन्य हिंसासम्बन्धी मुद्दामा सात जनालाई मृत्युदण्ड दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार