भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि
नेपालबहस संवाददाता
मंसिर ३, २०८० आइतबार २१:५५:३८
३ मंसिर, काठमाडौं । ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको हो ।
आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बन्यो । यससँगै अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भयो । सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेर उपाधिमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएको थियो ।
यस्तै अस्ट्रेलियाले २०१५ मा पाँचौ पटक उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई पराजित गरेको थियो । भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन। सन् १९८३ मा पहिलो उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो ।
यसपटक लिग चरण र सेमिफाइनल गरी लगातार १० खेलमा अपराजित रहदै उत्कृष्ट लयमा रहेको भारत फाइनलमा भने अस्ट्रेलियासँग पराजित हुँदा स्तब्ध बन्यो । विश्वकपको लगातार १० खेलमा जित हात पारेको भारतका लागि फाइनलमा ब्याटिङ नचल्नु दूर्भाग्य बन्यो ।
आइतबार भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्याे । अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान त्रविस हेडले शतक प्रहार गरे । सात ओभरमा तीन विकेट गएपछि उनले मार्नस लबुसेनसँग शतकीय साझेदारी गर्दा अस्ट्रेलियाको जित सहज बनेको थियो । लबुसेनले पनि अर्धशतक प्रहार गर्न सफल भए ।
तीन विकेट गएपछि हेड र लबुसेनले सम्हालिए ब्याटिङ गरेका थिए । हेडले १३७ रनको योगदान गरे । उनले १२० बलमा १५ चौका र ४ छक्का प्रहार गरे । उनले लबुसेनसँग चौथो विकेटका लागि १९२ रनको साझेदारी गरे। लबुसेनले नटआउट ५८ रन जोडे ।
त्यसअघि खराब सुरुवात गरेको अस्ट्रेलियाका ओपनर डेभिड वार्नर दोस्रो ओभरको पहिलो बलमा ७ रनमा भारतका मोहमद सामीको बलमा विराट कोहलीबाट क्याच भए। त्यसपछि मिचेल मार्स पाँचौ ओभरको तेस्रो बलमा १५ रनमा जसप्रित बुमराहको बलमा विकेटकिपर केएल राहुलबाट समातिए ।
स्टेभिन स्मिथ सातौं ओभरको अन्तिम बलमा ४ रन बनाएर खेलिरहदा बुमराहकै एलबिडब्लूको धरापमा परेका थिए। अस्ट्रेलियाले पावर प्लेको १० ओभरमा ३ विकेटको क्षतिमा ६० रन जोडेको थियो । त्यसअघि भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले अन्तिम बलमा अलआउट हुँदा २४० रन मात्र जोड्न सक्यो ।
बलिङमा बुमराहले २ विकेट लिए भने सामी र मोहमद सिराजले एक एक विकेट हात पारे । भारतका लागि केएल राहुल र विराट कोहलीले अर्धशकतक प्रहार गरे। केएल राहुलले ६६ रन बनाएर आउट हुनुअघि १०७ बलमा १ चौका मात्र प्रहार गर्न सकेका थिए ।
विराट कोहलीले ५४ रनको योगादन गरे । अस्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गर्नु गर्नुअघि उनले ६३ बलमा ४ चौका हिर्काए । भारतले १० ओभरपछि ९७ बल खेलेपछि मात्र बाउन्ड्री प्रहार गर्दा रनरेट घटेको थियो । दशौं ओभरपछि भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए ।
भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भएका थिए । उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए । दशौं ओभरको चौथो बलमा भारतका ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए । रोहितलाई ग्लेन म्याक्सवेलले त्रविस हेडको उत्कृष्ट क्याचमार्फत् आउट गरेका थिए । उनले आउट हुनुअघि ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । अर्को ओभरमा कप्तान पाट कमिन्सले श्रेयष अय्यरलाई ४ रनमा आउट गरेपछि भारत दबाबमा आएको थियो ।
लगातार विकेट गएपछि दबाबका बीच ब्याटिङ गरेका सूर्यकुमार यादवले २८ बलमा १८ रन मात्र जोड्न सके भने रविन्द्र जडेजा ९, मोहमद सामी १ रन र जसप्रित बुमराह १ रनमा आउट भए । कुलदिप यादवले अन्तिम बलमा रनआउट हुनुअघि १० रन र मोहमद सिराजले नटआउट ९ रन बनाए ।
बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । उनले १० ओभरमा ५५ रन खर्चिए । जोश हजलउड र पाट कमिन्सले २–२ विकेट लिए । हजलउडले १० ओभरमा ६० रन र कमिन्सले १० ओभरमा ३४ रन दिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले १–१ विकेट लिन सफल भए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार