नारायणी नदीमा मोटरबोट चढ्नेको भीड

नेपालबहस संवाददाता
मंसिर ४, २०८० सोमबार १२:१९:३१
४ मंसिर, भरतपुर । नारायणी नदी किनारमा मोटर बोट चढेर मनोरञ्जन लिन आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । दशैं तिहार र छठपर्वका समयमा यहाँ पर्यटकको भीड नै लागेको थियो । नदी किनारमा ‘रिभरबीच मोडल’को संरचना निर्माण गरिएपछि यहाँ घुम्न आउने र मोटरबोट चढ्नेको सङ्ख्या बढेको भरतपुर महानगरपालिका–१ का वडा सदस्य मनोज घिमिरेले जानकारी दिए ।
उनले महानगरपालिकाले नदी किनार क्षेत्रलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए । वि.सं २०७६ मा एउटा बाट सुरु भएको मोटरबोट अहिले साना ठूला गरी ३२ वटा दर्ता भएर सञ्चालनमा आएका छन् । मोटरबोट कम्पनीले विभिन्न ‘प्याकेज’मा सेवा दिइरहेका छन् ।
नारायणी नदीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्मको दूरी, मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्मको दूरी, मजुवा टापुदेखि पारिजात उद्यान र नारायणी पुलदेखि देवघाटसम्मको दूरीमा मोटरबोट सञ्चालन हुने गरेका छन् ।
एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटरबोटमा छ देखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति रु दुई सय ५० र लामो दूरीमा प्रतिव्यक्ति एक हजार पाँच सयसम्म तोकिएको छ । त्यहाँबाट उठेको रकमको १५ प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ । नारायणीमा ४० एचपीको इञ्जिनदेखि दुईसय एचपीको इञ्जिनसम्मका बोट रहेको मोटरबोट सञ्चालक समितिका अध्यक्ष अशेष मल्लले जानकारी दिए ।
विसं २०७२ मा कालीखोलादेखि गोलाघाटसम्म बोटिङ सञ्चालन गर्न नारायणी किनारको अध्ययन गरिएको थियो । कालीखोलादेखि सानो गढीसम्मका लागि बोटिङ सञ्चालन गर्न आफूहरुले अनुमति पाएको व्यवसायी विजयचन्द्र अधिकारीले बताए ।
विसं २०७५ बाट आफ्नो कम्पनीले नारायणीमा बोट सञ्चालन गर्दै आएको बताउँदै उनले भने, “सुरुवाती चरणमा कोरोनाका कारण व्यवसाय राम्रो नभए पनि गत वर्ष र यस वर्ष मोटरबोट चढ्ने पर्यटक बढेका छन् । ”चाडपर्वको समयमा नारायणीमा दैनिक पाँच हजार जनासम्मले बोटिङ गर्ने गरेको उनले जानकारी दिए ।
उनले बिदाको दिनमा घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको बताए । नारायणी नदी नेपालको मध्यभागमा पर्ने भएकोले यहाँ पछिल्लो समय पर्यटकको आगमन क्रमिक रुपमा बढ्दै गएको व्यवसायी गोविन्द श्रेष्ठले जानकारी दिए । उनले पर्यटकको घुम्ने समय बढाउन थप प्याकेज र सुविधा ल्याउनुपर्ने बताए ।
पहिलो पटक नारायणी किनारमा बोटिङ गर्दा निकै रमाइलो भए पनि समय निकै कम भएको हेटौँडाबाट आएका विष्णु कालाखेतीले बताए । उनले परिवारसँग आउँदा प्याकेजको व्यवस्था र मोटरबोटका लागि तिरेको शुल्क अनुसार समय बढाउनुपर्ने बताए । पहिले धेरै पटक बोटिङ गरे पनि यो पटक साथीहरूसँग बोटिङ गर्दा निकै रमाइलो भएको भरतपुरकी शान्ता खत्रीले बताइन् ।
उनले नारायणीमा बोटिङ गर्दा निकै रमाइलो हुने गरेको अनुभव सुनाए । नदी किनारमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक यहाँ जलविहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नारायणी किनारको दृश्यसँगै नगरवन, गैँडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाँडेभ्याकुर हेर्न उपरदाङगढीमा पर्यटक
मंसिर १९, २०८० मंगलबार
मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक
मंसिर १८, २०८० सोमबार
पुष्पा र अञ्जली कोशी टप्पुमा रमाउँदै
मंसिर १८, २०८० सोमबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
सुन तस्करी जाँचबुझ आयोगः १० जना प्रतिवादीहरूको बयान सकियो, मंगलबार राहुल महराको पालो
मंसिर १९, २०८० मंगलबार
इजलासको २६ नम्बरमा रहेको टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १९, २०८० मंगलबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
मंसिर १९, २०८० मंगलबार
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
मंसिर १९, २०८० मंगलबार
एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न ?
मंसिर १९, २०८० मंगलबार