वाफबाट खाना पकाउने प्रविधि प्रभावकारी

नेपालबहस संवाददाता
मंसिर ४, २०८० सोमबार १२:३२:४७
४ मंसिर, म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने (स्टिम) प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको स्टिम प्रविधि ग्यासको तुलनामा सस्तो, छिटो र दाउराको खपत घटाउन प्रभावकारी बनेको हो ।
विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले खाना पकाउने यस्तो प्रविधि नेपालमा यहाँ र काठमाडौँको थानकोटमा मात्र प्रयोगमा रहेको जानकारी दिए । “दक्षिण भारतबाट भित्र्याइएको यो प्रविधिबाट एकै पटकमा पाँच वटा भाडामा तीन सय विद्यार्थी, शिक्षक र कर्मचारीलाई खाना पकाउने गरेका छौँ,” उनले भने, “पन्ध्र–बीस मिनेटमै सबैलाई पुग्ने खाना तयार हुन्छ । यसमा खाजा तथा चिया पकाउन पनि सजिलो छ ।”
फलामको पाइप लाइनबाट आगोको भट्टिमाथि राखिएको ६० लिटर क्षमताको फलामकै घ्याम्पोमा आउने पानी तताएपछि उत्पन्न हुने वाफलाई अर्को कोठामा रहेका भाडामा पुर्याउने संरचना जडान भएको तुलाचनले बताए । उनले ३०/३० लिटर क्षमताका भाडा माझ्न र सफा गर्न मिल्ने गरी स्थायी किसिमले राखिएको बताए ।
भट्टिबाट फलामको पाइपलाइनमा आपूर्ति गरिने तातो वाफले भाडा तात्ने र भित्र राखिएको दाल, चामल, तरकारी पाक्ने गरेको प्रअ तुलाचनले जानकारी दिए । उनका अनुसार आवश्यक परेको भाडामा अनुकूल समयमा वाफ आपूर्ति गराउने र पकाउन सकिन्छ ।
“आगोको चुलोेमा पकाउँदा एक घण्टा भन्दा धेरै समय लाग्ने गर्दछ । ग्यासमा पकाउँदा खर्च धेरै लाग्ने गर्छ”, तुलाचनले भने, “रू १२ देखि १३ लाखको लागतमा वाफबाट खाना पकाउने प्रविधि जडान गर्न सकिन्छ । यसबाट दाउराको खपत घट्नुका साथै समयको बचत भएको छ ।”
पद्मसम्भव च्यारिटी फाउण्डेशनले सञ्चालन गरेको विद्यालयको छात्रावासमा तीन सय विद्यार्थी, शिक्षक, कर्मचारीलाई खाने बस्नेसहित आवास सुविधाको व्यवस्था मिलाइएको छ ।
कक्षा १ देखि १० सम्म निःशुल्क आवासीय सुविधासहित अध्यापन गराइने विद्यालयमा हाल नेपाल र भारतका गरी दुई सय १५ विद्यार्थी रहेका विद्यालयका प्रधानाध्यापक तुलाचनले जानकारी दिए । उनका अनुसार विद्यालय जाने उमेरका कमजोर आर्थिक पृष्ठभूमि भएका विद्यार्थीलाई लक्षित गरेर विसं २०६७ मा स्थापना भएको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीले दुई वर्षअघिदेखि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागिता जनाउन थालेका हुन् ।
“नेपाल सरकारद्वारा लागू भएको औपचारिक पाठ्यक्रमका साथै नेपाली, अंग्रेजी र तिब्बती पाठ्यपुस्तकको माध्यमबाट औपचारिक वौद्ध शिक्षा पनि प्रदान गरेका छौँ”, प्रअ तुलाचनले भने, “यहाँका विद्यार्थीलाई निःशुल्क शिक्षा, आवास, भोजन, पोसाक लगायतको सुविधा प्रदान गरेका छौँ । पछिल्लो दुई वर्षमा एसइई परीक्षाको औसतमा नतिजा सन्तोषजनक नै छ ।”
हाल छात्र मात्र रहेको विद्यालयमा समुदायको मागअनुसार आगामी शैक्षिक सत्रदेखि छात्रालाई पनि पठनपाठनको व्यवस्था मिलाउन लागिएको प्रअ तुलाचनले जानकारी दिए । उनका अनुसार पहिलो वर्ष ३० जना छात्रालाई भर्ना गर्ने योजना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने
मंसिर १९, २०८० मंगलबार
बुट्टेनली जोगाउन पुस्तान्तरणको प्रयास
मंसिर १८, २०८० सोमबार
ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर
मंसिर १८, २०८० सोमबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
सुन तस्करी जाँचबुझ आयोगः १० जना प्रतिवादीहरूको बयान सकियो, मंगलबार राहुल महराको पालो
मंसिर १९, २०८० मंगलबार
इजलासको २६ नम्बरमा रहेको टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १९, २०८० मंगलबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
मंसिर १९, २०८० मंगलबार
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
मंसिर १९, २०८० मंगलबार
एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न ?
मंसिर १९, २०८० मंगलबार