घरभित्र लुकाएर राखेको हातहतियार बरामद
नेपालबहस संवाददाता
मंसिर ४, २०८० सोमबार १३:०:१४
४ मंसिर, रौतहट । यमुनामाइ गाउँपालिका-३ मलेनियास्थित फुसको छानो भएको कच्ची घरबाट मेड इन युएसए लेखिएको पेस्तोल २ थान, पेस्तोल १ थान, एयर गन १ थान, गोली १३ राउण्ड, पेस्तोलको खाली म्याग्जिन ६ थान, मोबाइल २ थान, घडि १ थान, सिमकार्ड ४ थान, पेनड्राइभ १ थान र शेख एजाज अहमदको नामको नेपाली नागरिकता १ थान बरामद भएको छ ।
उक्त घरभित्र हातहतियार लुकाइ राखेको भन्ने जिल्ला प्रहरी कार्यालय रौतहटमा सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसमेतको संयुक्त टोलीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारी बरामद गरेको हो । बरामद हातहतियार ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा राखि प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोटरेबल पुल निर्माण अन्तिम चरणमा
असोज ४, २०८१ शुक्रबार
संरक्षणको पर्खाइमा चराङ दरबार
असोज ४, २०८१ शुक्रबार
मिस नेपाल वर्ल्ड केसीलाई मनाङमा स्वागत
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
कुलमान र उपसभामुखलाई हटाउन खोज्दा सरकार सुरुमै असफल भयो : प्रचण्ड
असोज ५, २०८१ शनिबार
क्रिप्टोको ५० लाखले काठमाडौं परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
चीनकी ‘ब्युटिफुल गभर्नर’ लाई १३ बर्षको जेल सजाय
असोज ६, २०८१ आइतबार
बाराको कोल्हवीमा जंगली हात्ती मृत फेला
असोज ६, २०८१ आइतबार
विदेशिए गोठाला, हराए गोठ
असोज ६, २०८१ आइतबार
चार युवा मिलेर सुरु गरे व्यावसायिक बेसारखेती
असोज ६, २०८१ आइतबार