गृह मन्त्रालयका काम थप प्रभावकारी बनाउन पौड्यालको नेतृत्वमा अध्ययन समिति गठन
नेपालबहस संवाददाता
मंसिर ४, २०८० सोमबार १३:७:४९
४ मंसिर, काठमाडौं । सरकारले गृह मन्त्रालयले गर्ने कामलाई अझ प्रभाकारी बनाउन भन्दै पूर्वमुख्यसचिव लिलामणी पौडेलको नेतृत्वमा एक अध्यायन समिति गठन गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयमा आयोजित गृह मन्त्रालयले कार्य सम्पादन प्रभावकारी बनाउन गर्नुपर्ने उपाय र कार्ययोजना तयार गर्न पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेको जानकारी दिइएको हो ।
समितिमा पूर्वसचिव शरदचन्द्र पौड्याल, शंकर प्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डा. खंग केसीलाई राखिएको छ । समितिमा पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. विन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम सदस्यका रुपमा रहेका छन् ।
गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समितिका संयोजक तथा सदस्यहरु सबैले स्वयंसेवकको रुपमा काम गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको बताए । उनले गृहमन्त्रालय र मातहतका निकायले गर्ने कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उदेश्य राखेर समिति गठन गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार