यमनका विद्रोहीद्वारा इजराइली व्यापारीको स्वामित्वमा रहेको पानीजहाज कब्जा

नेपालबहस संवाददाता
मंसिर ४, २०८० सोमबार १७:२४:०
४ मंसिर, होदेइदा 'यमन' । यमनका इरान समर्थित हुथी विद्रोहीहरूले उनीहरूले लाल सागरमा एक इजराइली व्यवसायीको स्वामित्वमा रहेको पानीजहाज कब्जा गरी यमनको तटमा पुर्याएको बताएका छन् ।
उक्त पानीजहाजको सञ्चालन एक जापानी फर्मले गरेकाले टोक्योले हस्तक्षेप गरी विद्रोहीहरूसँग ‘सिधा’ सम्पर्क गर्नुपरेको छ । गाजापट्टीमा हमाससँग इजराइलको युद्धलाई लिएर विद्रोही समूहले जलमार्गमा इजराइली जहाजहरूलाई निशाना बनाउने धम्की दिएको केही दिनपछि उक्त जहाज कब्जामा परेको हो ।
हुथीका सैन्य प्रवक्ता याह्या सारीले सामाजिक सञ्जाल एक्समा विद्रोहीहरूले एक इजराइली जहाजलाई कब्जामा लिएर यमनी तटमा पुर्याएको जानकारी दिएका छन् । जापानका विदेशमन्त्री योको कामिकावाले भने, “टोक्योले इजराइलसँग कुराकानी गरिरहेको छ, हुथीसँग सिधा सम्पर्क गर्नुका साथै जहाज र चालक दलका सदस्यहरूलाई शीघ्र रिहाइका लागि हुथीहरूसँग दृढतापूर्वक आग्रह गर्न हामीले साउदी अरब, ओमान, इरान र अन्य सम्बन्धित मुलुकहरूलाई पनि आग्रह गरिरहेका छौँ ।”
इजराइल, जापान र अमेरिकाले जहाज कब्जाको निन्दा गरेका छन् । इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले जहाजको स्वामित्व एक ब्रिटिश कम्पनीसँग रहेको र जापानी फर्मले सञ्चालन गरेको जानकारी दिएको छ । जापानको एनवाइके लाइन नामले पनि चिनिने निप्पोन युसेनले आफूले बहमास–ध्वजाङ्कित ग्यालेक्सी लिडर सञ्चालन गरेको पुष्टि गरेको छ ।
“हामीले कम्पनीबाट चार्टर गरेको कार वाहक ग्यालेक्सी लिडरलाई होदेइदा तट नजिकै यात्रा गर्दा कब्जा गरिएको सूचना बेलायतको ग्यालेक्सी मेरिटाइमबाट पाएका थियौँ”, निप्पोन युसेनले भनेको छ । उसले सूचनाहरू सङ्कलन गर्न र २५ सदस्यीय चालक दलको सुरक्षा सुनिश्चित गर्न एउटा कार्यदल गठन गरिएको जानकारी दिएको छ ।
“जबसम्म गाजाविरुद्ध आक्रामकता बन्द हुँदैन र गाजा तथा पश्चिम किनारमा हाम्रा प्यालेस्टिनी दाजुभाइविरुद्ध भयानक अपराध बन्द हुँदैन तबसम्म हुथी सेनाले इजराइली दुश्मनविरुद्ध सैन्य कारबाही जारी राख्नेछ”, हुथीका सैन्य प्रवक्ता याह्या सारीले भने । हुथीहरूले एउटा व्यापारिक जहाज कब्जामा लिएको र त्यसलाई विद्रोहीहरूको नियन्त्रणमा रहेको तटीय सहर होदेइदास्थित सलिफ बन्दरगाहमा लगेको एक यमनी समुद्री स्रोतले बताएको छ ।
इजराइली सेनाले एक्समा भनेको छ, “हुथीले एउटा मालवाहक जहाज अपहरण गरेको छ, विश्वव्यापी परिणामको यो एउटा गम्भीर घटना हो ।” उसले उक्त जहाज टर्कीबाट भारतका लागि प्रस्थान गरेको र जहाजमा विभिन्न मुलुकका नागरिक सवार भए पनि इजराइली नागरिक नरहेको बताएको छ । उसले उक्त जहाज इजराइली नभएकोमा पनि जोड दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
मंसिर १९, २०८० मंगलबार
बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस
मंसिर १९, २०८० मंगलबार
तान्जानियामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो
मंसिर १९, २०८० मंगलबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
इजलासको २६ नम्बरमा रहेको टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १९, २०८० मंगलबार
सुन तस्करी जाँचबुझ आयोगः १० जना प्रतिवादीहरूको बयान सकियो, मंगलबार राहुल महराको पालो
मंसिर १९, २०८० मंगलबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
मंसिर १९, २०८० मंगलबार
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
मंसिर १९, २०८० मंगलबार
एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न ?
मंसिर १९, २०८० मंगलबार