काजमा रहेका प्रहरीलाई २४ घण्टाभित्र रवाना हुन निर्देशन
नेपालबहस संवाददाता
मंसिर ४, २०८० सोमबार २२:१६:२३
४ मंसिर, काठमाडौं । प्रहरी प्रधान कार्यालयले वर्षौदेखि काजमा बसेका कर्मचारीलाई डण्डा लगाउने भएको छ । २४ घण्टे पूर्जी काटेर तुरुन्तै तोकिएको स्थानमा जान निर्देशन दिएको छ । प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका कर्मचारी प्रहरी प्रधान कार्यालय र अनुकुल स्थानमा शक्ति केन्द्रको आडमा बस्दै आएकाहरुलाई तुरुन्तै रवाना नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रहरी प्रधानकार्यालयले सोमबारबाट लागु हुनेगरी रवाना लिन निर्देशन दिएको हो । ‘तत्काल तोकिएको स्थानमा नगए कारबाही हुने जानकारी दिदै सबैलाई पत्रचार गरिएको छ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले सबै विभाग, ब्यूरो, निर्देशनालय, महाशाखा, शाखाहरू, सबै प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेर २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन निर्देशन दिएको हो ।
रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने व्यहोरा निर्देशअनुसार अनुरोधसमेत गरिएको भन्दै तत्कालै रवाना लिन निर्देशन दिएको छ । प्रहरी प्रधानकार्यालय मात्रै करिब ३ सय प्रहरी सोर्स र शक्तिकेन्द्रको आडमा काजमा बसेका छन् ।
त्यस्तै घुुमुवा र अन्य नाममा पनि काजमा बस्दै आएका छन् । विभिन्न जिल्ला प्रहरी कार्यालयमा पनि इन्जार्जले आफ्नो अनुकुलतामा काजमा राख्ने गरेका छन् । उनीहरूले काजमा राखेका प्रहरीको दुरुपयोग गर्दै अनुकुल आर्थिक लाभ लिने गरेको पनि प्रहरी प्रधानकार्यालयको बुझाई रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
डेङ्गु सङक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव
भदौ २८, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
असोज ६, २०८१ आइतबार
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
असोज ६, २०८१ आइतबार
सेवा विस्तार गर्दै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
असोज ६, २०८१ आइतबार
कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार
असोज ६, २०८१ आइतबार
सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा
असोज ६, २०८१ आइतबार