सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गर्ने तयारीमा न्यायपरिषद
नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार १०:१५:४४
५ मंसीर, काठमाडौं । सर्वोच्च र उच्च अदालतका रिक्त पदमा न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गर्ने तयारी भएको छ । यसका लागि आज मंगलबार बिहान ११ बजेपछि न्यायपरिषदको बैठक डाकिएको छ । सोमबार बसेको परिषदको बैठकले विवादित भएको विषयलाई एक पद बाँकी राखेर अरूमा नाम सिफारिस गर्ने सहमति भएको छ ।
मंगलबार बस्ने परिषदको बैठकमा विवाद रहेको विषयमा सहमति भए सर्वोच्चमा सात र उच्चमा ६ जना मुख्य न्यायाधीशहरू नियुक्तिका लागि सिफारिस हुनेछन् । विवादित बुँदामा सहमति नभए सर्वोच्चमा एक पद खाली राखेर ६ जनाको नाम सिफारिस हुन्छ, न्यायपरिषदका एक सदस्यले नेपालबहसलाई बताए । सर्वोच्चका लागि विराटनगरका कानुन व्यवसायी हरी फुयालको नाम विवादित छ ।
उनी कुनै राजनीतिक दलसँग र कानुन व्यवसायीका संगठनसँग आबद्ध नभएको र वरिष्ठको उपाधि पनि नपाएको भन्दै उनको नाममा परिषदमा विवाद आएको हो । उनी कुनै समुहसँग आबद्ध नभए पनि कांग्रेस नेता शेखर कोइराला मार्फत न्यायपरिषदमा नाम पुगेको बताइएको छ । उनको नाममा सहमति नभए सर्वोच्चमा ६ जना मात्र न्यायाधीश सिफारिस हुने सम्भावना छ ।
सर्वोच्चमा २१ मध्ये ७ न्यायाधीश रिक्त छन् । अहिले १४ जना न्यायाधीशले मात्रै नियमित काम गरिरहेका छन् । सोमबार अनौपचारिक रुपमा छलफलमा बसेका न्यायपरिषदका सदस्यहरूले करिब करिब नामावली टुंग्याएको र केही सामान्य मतभेद मात्रै समाधान गर्न बाँकी रहेकाले आज नाम सिफारिस हुने प्रवल सम्भावना देखिएको छ ।
सर्वोच्चमा रिक्त सात मध्ये कानुन व्यवसायीहरूबाट अधिकतम ३ र २ मा पनि सहमति हुन बाँकी छ । कानुन व्यवसायीबाट ३ जना लगे विभागबाट ४ जना आउनेछन् । कानुन व्यवसायीबाट २ जना मात्र ल्याएमा विभागबाट ५ जना पर्नेछन् । उच्च अदालतमा पनि ६ जना मुख्य न्यायाधीशको पद रिक्त छ ।
संविधानमा संवैधानिक पदाधिकारीसहित सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै पूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर विभिन्न कारणले साढे दुई वर्षदेखि नियमित न्यायाधीश सिफारिस प्रक्रिया रोकिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार
रवि र छबीसहित ५ जनालाई कास्की अदालतका न्यायाधीश राईको इललासमा बयान गराइने
पुष ८, २०८१ सोमबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार