कांग्रेस नेता कोइरालासँग मोरङका किसानले राखे गुनासो
नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार १०:२९:६
५ मंसिर, विराटनगर । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालासँग मोरङ जिल्लाका किसानहरुले कोइराला निवास बिराटगरमा भेटघाट गरेका छन् । लामो समयसम्म अधिवेशन हुन नसकेका कारण मृतप्राय बनेको नेपाल किसान महासंघमा गणेशचन्द्र तिम्सिनाको अध्यक्षतामा नयाँ नेतृत्व आएसँगै अहिले फेरि चलायमान बन्न थालेको छ ।
भर्खरै मात्रै मनोनीत भएका नेपाल किसान महासंघका मोरङ जिल्ला अध्यक्ष वसन्त हुमागाँईको नेतृत्वमा गएको टोलीले नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोईरालासँग भेटी किसानहरुका साझा समस्याहरु अवगत गराएका थिए ।
नेपाल किसान महासंघ मोरङका अध्यक्ष बशन्त हुमागाँईले नेपालबहस डटकमलाई दिएको जानकारी अनुसार नेता कोइरालालाई मोरङ जिल्लामा नेपाल किसान महासंघले हालसम्म भए गरेका कार्य प्रगति र संगठन निर्माणका बिषयमा जानकारी गराउनुका साथै संगठन बिस्तारका क्रममा भोगेका कठिनाई र अप्ठ्याराहरु जानकारी गराउँदै नेपाली कांग्रेस मातृ पार्टीवाट पाउनु पर्ने जति सहयोग पाउन नसकेको बिषयमा ध्यानाकर्षण समेत गराएको बताएका छन् ।
कृषि उत्पादनको कमीसँगै देशका कृषि उत्पादनसँग सम्बन्धित उद्योगहरु बन्द भएको तर्फ ध्यानकर्षण गराउँदै कृषिप्रधान मुलुकमा किसानलाई दलको भातृसंस्थाका रुपमा भन्दा पनि देश निर्माणको आधारशिलाका रुपमा हेरिनु पर्ने बताउँदै मोरङ जिल्लाका किसान नेताहरुले बीपीले समेत पहिलो प्राथमिकतामा राखेका किसानलाई बर्तमानका दलहरुले उपेक्षा गरेको प्रति दुखेसो ब्यक्त गरेका थिए ।
किसान अगुवाहरुसँगको भेटमा कांग्रेस बरिष्ठ नेता डा. शेखर कोइरालाले आफू किसानको नेता भएको र किसानकै साथमा रहन रुचाएको बताएका थिए । बीपीको किसानहरुसँगको सामिप्यता र एटेजमेन्टबारे आफू जानकार र त्यसप्रति चनाखो भएको भन्दै कृषिको आधुनिकिकरण र ब्यवसायीकरणमा जोड दिनुपर्ने बताउँदै कांग्रेस बरिष्ठ नेता डा. शेखर कोइरालाले यसका लागि आफू किसानका पक्षमा सधैं उभिने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार