भारतमा वर्षा र हावाहुरीबाट ३१ को मृत्यु, नेपालमा पनि सतर्कता अपनाउन आग्रह !
इन्द्र रिजाल
बैशाख ४, २०७६ बिहिबार १:२०:३४
एजेन्सी । नेपालमा केही दिनदेखि बदली भएको मौसम भारतमा पनि सक्रिय भएको छ । भारतका मौसम बदलीसंगै वर्षा र चट्याङसहितको हावाहुरीले ३१ जनाको मृत्यु भएको छ।
मंगलबार आएको हावाहुरीले मध्यप्रदेशमा १६, राजस्थान ६ र गुजरातमा ९ जनाको मृत्यु भएको हो। हावाहुरीमा परी दर्जनौं मानिस घाइते भएका छन् भने करौडौंको बालीनाली र सम्पत्ति नष्ट भएको छ।
गुजरातमा प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाका लागि तयार पारिएको एउटा टेन्ट पनि हुरीले उडाइदिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारू राहत दिने घोषणा गरेका छन्।
राजस्थानका विभिन्न ठाउँमा आएको तीव्र हावाहुरीले केही दिनयता दैनिक जनजीवन प्रभावित भएको छ। अरेबियन सागर र बे अफ बंगालबाट आएको मौसमी प्रणाली र पश्चिमी वायुको प्रणाली मिसिँदा उक्त हावाहुरीसहित वर्षा भएको भारतको मौसम विभागले जनाएको छ।
यता, मौसमी प्रणालीको प्रभाव नेपालमा पनि पर्ने भएकाले सर्तक रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार बुधबार देशैभरि सामान्य देखि पुर्ण बदली रही पश्चिमी क्षेत्रका अधिकांश क्षेत्र, पूर्वी तथा मध्य क्षेत्रका केही स्थानमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्ययम वर्षारअसिना पानीको सम्भावना छ।
त्यस्तै तराईका हुरी बतास र उच्च पहाडी तथा हिमाली भू(भागहरूमा हिमपात हुने महाशाखाले जनाएको छ। बिहीबार र शुक्रबार पनि मौसममा बदली हुने र केही स्थानमा असिनासहित पानी पर्ने महाशाखाको पूर्वानुमान छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार