अर्थतन्त्र चलायमान बनाउने विषयमा प्रधानमन्त्री प्रचण्डको आज निजी क्षेत्रसँग छलफल
नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार १२:१६:१३
५ मंसिर, काठमाडौं । सोमबार सरकारी पक्षका अधिकारीहरूसँग छलफल गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दैछन् । लामो समयदेखि शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारी पक्षले सवै सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल थालेको हो ।
यतिबेला मुलुकका बाह्य सूचक बलिया हुँदै आएका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता जम्मा भएको छ । बैंकको ब्याजदर घट्दो क्रममा रहेको लगायत सकारात्मक पक्ष भएपनि आन्तरिक आर्थिक गतिविधि बढ्न नसकेकाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले छलफल थालेका हुन् । यसै क्रममा सरकारले आज दिउँसो दुई बजे सिंहदरबारमा निजी क्षेत्रसँग छलफलको कार्यक्रम राखेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग छलफल गर्न लागेको हो । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने निर्णय गरेको हो ।
सोमबारको बैठकमा राष्ट्र बैंक, अर्थ मन्त्रालय, योजना आयोगलगायत विभिन्न मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो । छलफलमा प्रधानमन्त्रीको निर्देशनअनुसार अर्थमन्त्री महतले वर्तमान देशको अर्थतन्त्रबारे ब्रिफिङ गरेका थिए । त्यसपछि राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आआफ्नो क्षेत्रको ब्रिफिङ गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार