'रङ्गेली'मा जुनकिरी बनिन् मिरुना
नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार १३:१:३९
५ मंसिर, काठमाडौं । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र 'रङ्गेली'मा अभिनेत्री मिरुना मगर 'जुनकिरी' बनेकी छन् । 'जुनकिरी'को रूपमा परिचय गराउँदै मगरको क्यारेक्टर झल्किने पोस्टर चलचित्र टिमले सार्वजनिक गरेको छ ।
यस चलचित्र निर्देशक अर्जुन सुवेदीले मिरुनाले अहिलेसम्म अभिनय गरेको भन्दा भिन्न चरित्र निर्वाह गरेको कारण दर्शकलाई थप चासो हुने विश्वास व्यक्त गरे । सुवेदीकै लेखन रहेको 'रङ्गेली'मा मिरुनाको साथमा दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।
अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।
जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ुलाइभ एट प्रिजेन्ट’ तथा अस्ट्रेलियामा ‘हट बिट्स ईभेन्टस्’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'मुभी लभर्स कम्युनिटी'ले 'आँखा'को विशेष प्रदर्शन गर्ने
असोज ३, २०८१ बिहिबार
फिल्म ‘मायावी’ को रिलिज मिति पछि सर्यो
असोज १, २०८१ मंगलबार
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को गीत सार्वजनिक
भदौ ३१, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
कृषि पर्यटनको प्रवर्द्धन गर्नका लागि स्याउ आकृतिको प्रवेशद्वार
असोज ६, २०८१ आइतबार
हिम पहिरोबारे नेपालले बृहद हिमालय इकोसिस्टम संवाद आयोजना गर्छः प्रधानमन्त्री
असोज ६, २०८१ आइतबार
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
असोज ६, २०८१ आइतबार
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
असोज ६, २०८१ आइतबार
सेवा विस्तार गर्दै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
असोज ६, २०८१ आइतबार
कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार
असोज ६, २०८१ आइतबार