‘लाखे’ निर्देशकको सस्पेन्स–थ्रीलर ‘कंगारु’ घोषणा, फागनुदेखि छायांकन
नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार १३:११:३९
५ मंसिर, काठमाडौं । फिल्म ‘लाखे’ का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘कंगारु’ राखिएको छ । यो फिल्मको छायांकन फागुनदेखि सुरु हुनेछ ।
राजीव गुरुङ ‘दीपक मनाङ्गे’ को प्रस्तुति रहने यो फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’ एक्सन जनरामा निर्माण गरिएको थियो ।
फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मससँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा र धनबहादुर गुरुङको लगानी रहने जनाइएको छ ।
फिल्मको सह–निर्मातमा रोनिशबहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टिका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्माता रहेको यो फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलिया) रहेको छ । फिल्ममा सीमा गुरुङको कथा र महेश दवाडीको पटकथा रहेको छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स (यूके) ले पनि सहकार्य गरेको छ ।
‘मैले लाखेलाई एक्सन जनरामा निर्माण गरेको थिएँ । त्यसपछि, केही फरक कथा भन्न मन लागेको थियो’ निर्देशक बस्नेतले भने, ‘यसैले, कंगारुका लागि हामीले स्क्रिप्टमा मात्र २ वर्ष समय लगाएका छौं । दर्शकले यसपटक फरक स्वादमा फिल्म हेर्न पाउनुहुनेछ ।’
फिल्मका लागि विभिन्न कलाकारहरुसँग कुराकानी भएको र चाँडै कलाकारहरुको टुंगो लाग्ने निर्माण पक्षले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर ३०, २०८१ आइतबार
नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
मंसिर ३०, २०८१ आइतबार
आज उधौली पर्व मनाउँदै किरात समुदाय
मंसिर ३०, २०८१ आइतबार
नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुँदै
मंसिर ३०, २०८१ आइतबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार