अस्ट्रेलियाविरुद्ध टी-२० सिरिज खेल्ने भारतीय टिमको घोषणा
नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार १३:३४:४६
५ मंसिर, काठमाडौं । भारतले अस्ट्रेलियाविरुद्धको ५ टी-२० सिरिजका लागि टिमको घोषणा गरिएको छ ।भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अस्ट्रेलियाविरुद्धको सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा टिमको घोषणा गरेको हो ।
टिममा अनुभवी विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनलाई फेरी नजरअन्दाज गरिएको छ भने विश्वकप खेल्न नपाएका स्पीनर युजवेन्द्र चहललाई पनि स्थान दिइएको छैन ।
सार्वजनिक गरिएको टोलीमा एक दिनअघि समाप्त भएको एकदिवसीय विश्वकप टोलीबाट सूर्यकुमार, इशान किशन र प्रसिद कृष्णसहित ३ खेलाडीले मात्र स्थान पाएका छन् । विश्वकप खेलेका श्रेयस अय्यर अन्तिम दुई खेलमा टिममा समावेश हुने र उनलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । पहिलो ३ खेलमा रुतुराज गायकवाडलाई उपकप्तान बनाइएको छ ।
अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज नोभेम्बर २३ बाट सुरु हुँदैछ । पहिलो खेल विशाखापट्टनममा हुनेछ । दोस्रो खेल त्रिवान्तपुरममा नोभेम्बर २६ मा, तेस्रो खेल गुहाटीमा नोभेम्बर २८ मा, चौथो खेल रायपुरमा डिसेम्बर १ मा र पाँचौं खेल बेंगलुरुमा डिसेम्बर ३ मा हुनेछ ।
भारतको टी-२० टिमस् सूर्यकुमार यादव (कप्तान), ऋतुराज गायकवाड (उपकप्तान), इशान किशन, यशस्वी जैसवाल, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिंगटन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिश्नोई, अर्शदीप सिंह, प्रशिद कृष्ण, आवेश खान र मुकेश कुमार ।
अष्ट्रेलियाको टी-२० टिमस् म्याथ्यू वेड (कप्तान), जेसन बेहरेनडोर्फ, सीन एबोट, टिम डेभिड, नाथन एलिस, ट्राभिस हेड, जोस इंग्लिस, केन रिचार्डसन, ग्लेन म्याक्सवेल, तनवीर सांघा, म्याट सर्ट, स्टिभ स्मीथ, मार्कस स्टोइनिस, एरोन हार्डी र एडम जाम्पा ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषद्मा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार