रुपा तालमा १० हजार माछाका भुरा छाडिए

नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार १५:५६:३३
५ मंसिर, गण्डकी । विश्व मत्स्य दिवसका अवसरमा कास्कीको रुपा तालमा १० हजार माछाका भुरा छाडिएका छन् । मत्स्य अनुसन्धान केन्द्र पोखरा, रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था र नेपाल फिसिरिज सोसाइटीको सहआयोजनामा आज रुपा तालमा सो परिमाणमा माछाका भुरा छाडिएका हुन् ।
‘स्वदेशी माछाः पोषण र जीवकोपार्जनको आधार’ नाराका साथ स्वदेशी जातका माछाका भुरा छाड्ने र ताल तथा रैथाने माछा संरक्षण सचेतना कार्यक्रमअन्तर्गत सहर, रहु र नैनी प्रजातिका माछाका भुरा छाडिएका हुन् । कार्यक्रममा मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख डा मो इकवाल हुसेनले तालतलैयाको संरक्षणसँगै रैथाने प्रजातिका माछाको संरक्षण गर्नु आवश्यक भएको बताए । जलाशयको प्रदूषण हटाउँदै जलीय सन्तुलनलाई जोगाउन सबै सचेत बन्नुपर्ने उनले बताए ।
रुपा ताल मत्स्यपालनका साथै सिपिमा मोति खेतीका लागि उपयुक्त स्थल भएको उल्लेख गर्दै प्रमुख हुसेनले आगामी एक महिनाभित्रमा सिपिमा मोति खेती प्रविधिबारे तालिम प्रदान गरिने बताए ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रैथाने माछाको संरक्षणसँगै तालको जलाधार क्षेत्र वरपर ताल संरक्षण हुने गरी बाली विकास गर्नु जरुरी रहेको बताए । उत्पादनसँग व्यक्ति तथा जनतसमुदायलाई जोड्नु आवश्यक भएको उल्लेख गर्दै उनले तालको संरक्षण र उपयोगमा सबैको सामूहिक प्रयास हुनुपर्ने बताए ।
कार्यक्रममा सिड फाउन्डेसनका पूर्वअध्यक्ष दामोदर भक्त थापा, वडा सदस्य देवेन्द्रराज अधिकारी, रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवराज अधिकारी, सल्लाहकारद्वय कुलप्रसाद अधिकारी र रामचन्द्र सापकोटालगायतले तालको संरक्ष्णसँगै रैथाने प्रजातिका माछाको संरक्षणमा जोड दिनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेयर कुलो,बाटो र नागरिकको घरदैलौमा भेटिन्छ : नगरप्रमुख खाँण
मंसिर १९, २०८० मंगलबार
उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी
मंसिर १८, २०८० सोमबार
रामपुरमा व्यावसायिक कालिजपालन
मंसिर १८, २०८० सोमबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
नगर प्रहरी भर्नामा ठाकुरबाबा नगरपालिकाको बदमासी
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार
देउवाको नेतृत्व हस्तान्तरण ०८२ कि ०८४ को आम चुनावपछि ?
केदार भट्टराई (काका)
मंसिर १८, २०८० सोमबार
बाजुरामा बाटोमै सुत्केरी हुने अवस्था कहिले रोकिएला ?
मंसिर २०, २०८० बुधबार
संयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
देश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
रुस पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
मंसिर २०, २०८० बुधबार