अजरबैजानद्वारा भ्रष्टाचारविरोधी दुई जना पत्रकार पक्राउ

नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार १६:५:४१
५ मंसिर, बाकु । अजरबैजानले मंगलबार राजनीतिक अभिजात वर्गमा भ्रष्टाचारको अनुसन्धान गर्ने दुई पत्रकारलाई हिरासतमा लिएको उनीहरूका वकिलहरूले बताएका छन् । कडा नियन्त्रण भएको क्यास्पियन मुलुक अजरबैजानमा मिडियालाई लक्षित गर्ने नयाँ कानुनी मुद्दामा उनीहरूलाई हिरासतमा लिइएको हो ।
ऊर्जा समृद्ध यो मुलुकमा लामो समयसम्म अलियेभ वंशले शासन गरेको छ । असहमतिका सङ्केतहरूले सामान्यतया अजरबैजानमा कडा सरकारी प्रतिक्रियाको सामना गर्नुपर्दछ ।
“प्रहरीले मङ्गलबार अब्जास मिडियाका प्रधानसम्पादक सेभिन्ज भागिफ्जीलाई युरोपबाट बाकु फर्कंदा हिरासतामा लिएको छ र उहाँको घरको खानतलासी गरेको छ”, उनका वकिल एल्चिन सादिगोभले भने ।
सोमबार मिडिया आउटलेटका निर्देशक उल्भी हसनलीलाई विदेशी मुद्रा तस्करी गरेको आरोपमा पक्राउ गरिएको उनका वकिल जिबेदा सादिगोभाले बताए । “हसनलीले स्वयंलाई दोषी मान्नुभएको छैन र आरोपहरू निराधार रहेको बताउनुभएको छ”, सादिगोभाले भने, “हसनलीलाई १२ वर्षसम्मको जेल सजायको खतरा छ ।”
हिरासतमा हसनलीसँग ‘अमानवीय व्यवहार’ गरिएको अब्जास मिडियाले बताएको छ । हसनलीलाई हिरासतमा कुटपिट वा दुर्व्यवहार गरेको रिपोर्टबाट ‘चिन्तित’ भएको अधिकार समूह एमनेस्टी इन्टरनेसनलले एक विज्ञप्तिमा भनेको छ ।
एमनेस्टी इन्टरनेसनलको दक्षिण ककेसस अनुसन्धानकर्ता नतालिया नोजाड्जेले भने, “उनको गिरफ्तारी अधिकारीहरूले उनीहरूको असहमतिलाई दबाउनका लागि गिरफ्तार गरिएका आलोचकहरूको ढाँचासँग मेल खान्छ”, एमनेस्टी इन्टरनेसनलको दक्षिण ककेसस अनुसन्धानकर्ता नतालिया नोजाड्जेले भने, “हसनलीले अजरबैजान मा उच्चस्तरीय भ्रष्टाचारका आरोपहरू दृढताका साथ पर्दाफास गरेकाे छ र सार्वजनिक हितका महत्त्वपूर्ण मुद्दाहरूलाई समेट्नुभएको छ, उहाँले विगतमा पनि सरकारबाट बारम्बार उत्पीडनको सामना गर्नुपरेको छ ।”
जुलाईमा अजरबैजानले उच्च प्रोफाइल राजनीतिक अर्थशास्त्री तथा नागरिक कार्यकर्ता गुबाड इबाडोग्लुलाई विभिन्न वित्तीय अपराधको आरोपमा पक्राउ गरेको थियो । इबाडोग्लुले ती आरोपलाई झुटो भन्दै अस्वीकार गरेका छन् । अजरबैजानमा उच्चस्तरीय भ्रष्टाचार उजागर गरेको प्रतिशोधमा आफूमाथि आरोप लगाइएको उनले बताए ।
राष्ट्रपति इल्हाम अलियेभको सरकारले मुलुकको खराब प्रजातान्त्रिक रेकर्डका लागि लामो समयदेखि अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्नुपरेको छ । अलियेभले आफ्ना बुबा हेदरपछि सन् २००३ देखि मुलुकमा कठोर शासन सञ्चालन गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
नगर प्रहरी भर्नामा ठाकुरबाबा नगरपालिकाको बदमासी
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार
देउवाको नेतृत्व हस्तान्तरण ०८२ कि ०८४ को आम चुनावपछि ?
केदार भट्टराई (काका)
मंसिर १८, २०८० सोमबार
बाजुरामा बाटोमै सुत्केरी हुने अवस्था कहिले रोकिएला ?
मंसिर २०, २०८० बुधबार
संयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
देश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
रुस पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
मंसिर २०, २०८० बुधबार