माइतीघर निषेधाज्ञा विरुद्ध सर्वोच्चमा २ रिट, बुधबार पेसी

नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार १६:१३:३०
५ मंसिर, काठमाडौं । काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म तोकिएको निषेधित क्षेत्र तोक्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा २ वटा रिट दर्ता भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा एक महिनासम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेको थियो ।
सो निर्णयविरूद्ध अधिवक्ता स्वागत नेपाल र प्रेमराज सिलवालले मंगलबार सर्वोच्चमा रिट दिएका हुन् । उक्त रिटको पेसी बुधबारका लागि तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्द प्रसाद घिमिरेले जानकारी दिए । आगामी मंसिर ७ गते नेकपा एमालेको भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शनको तयारी गरेका थिए ।
दुई फरक फरक समूहबीच हुन लागेको सो प्रदर्शनमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सो क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रमा ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. पौडेलले दायर गरेको रिट सुवेदीको इजलासमा
मंसिर २०, २०८० बुधबार
इजलासको २६ नम्बरमा रहेको टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १९, २०८० मंगलबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
नगर प्रहरी भर्नामा ठाकुरबाबा नगरपालिकाको बदमासी
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार
देउवाको नेतृत्व हस्तान्तरण ०८२ कि ०८४ को आम चुनावपछि ?
केदार भट्टराई (काका)
मंसिर १८, २०८० सोमबार
बाजुरामा बाटोमै सुत्केरी हुने अवस्था कहिले रोकिएला ?
मंसिर २०, २०८० बुधबार
संयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
देश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
रुस पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
मंसिर २०, २०८० बुधबार