बुर्किनामा सप्ताहन्तमा भएको आक्रमणमा १५ जनाको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ५, २०८० मंगलबार १६:५८:६
५ मंसिर, उगादुगुऊ । पूर्वी बुर्किनाफासोमा सप्ताहन्तमा ‘एकैसाथ भएको हमलामा’ १५ जना मारिएको सुरक्षा र स्थानीय स्रोतले मङ्गलबार बताएका छन् । मारिनेमा अधिकांश सर्वसाधारण रहेका छन् ।
पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोले सन् २०१५ मा छिमेकी मुलुक मालीबाट फैलिएको जिहादी विद्रोहसँग लडिरहेको छ । सङ्घर्षका क्रममा १७ हजारभन्दा बढी नागरिक र सैनिकको मृत्यु भएको छ भने २० लाख मानिस विस्थापित भएका छन् ।
एक स्थानीय बासिन्दाले पछिल्लो हिंसामा पूर्वी तापोआ प्रान्तको प्रमुख सहर डायपागामा एकसाथ भएको हमलामा शनिबार तीन सैनिकसहित १५ जना मारिएको बताएका छन् । क्षेत्रीय नागरिक समाज सङ्गठनका प्रवक्ता कोन्डिया पियरे योनलीले हताहतबारे पुष्टि गरेको हो ।
उनले आइतबार डायापागा नगरपालिकाको चिहानमा गाडिएका पीडितहरूको सम्मानमा मङ्गलबार उक्त क्षेत्रका विद्यालय, बजार र सार्वजनिक सेवाहरू बन्द गरिएको बताए ।
एक सुरक्षा स्रोतका अनुसार सेनाले जवाफी हमला गरिरहेको छ । स्रोतले भनेको छ, “पूर्वमा हवाई तथा स्थल कारबाही भइरहेको छ, कारबाहीका क्रममा ५० भन्दा बढी आतङ्कवादी मारिएका छन् र उनीहरूको धेरै आधारलाई नष्ट गर्ने अनुमति दिइएको छ ।”
बुर्किना फासोमा सन् २०२२ सेप्टेम्बरमा भएको कूपछि एउटा सङ्क्रमणकालीन सरकारले शासन गरिरहेको छ । जुन्ता नेतृत्वको सरकारले जिहादी विरोधीसँगको लडाइँमा १८ वर्षभन्दा माथिका पुरुषहरूलाई भर्ती गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार