नगरपालिकाको मनोमानीले नागरिकलाई सास्ती
नेपालबहस संवाददाता
मंसिर ६, २०८० बुधबार ११:५४:४९
दीपक शर्मा
६ मंसिर, बर्दिया । विद्यालय विदाको विषयमा पालिकाले समयमै सार्वजनिक नगरेका कारण विद्यार्थी तथा अभिभावकले दुख पाउनु परेको छ । बर्दियाको गुलरिया नगरपालिकाले ४ गते शोक विदा भन्दै बिहान ९ बजेतिर सूचना सार्वजनिक गरेका कारण विद्यार्थी , शिक्षक तथा अभिभावकलाई अनावश्यक सास्ती खेप्नु परेको छ ।
निजी विद्यालयले बिहानै ८ वजेदेखि विद्यार्थीलाई विद्यालय ल्याउनका लागी गाडि पठाइसकेका हुन्छन अधिकास विद्यालयमा विद्यार्थी र शिक्षक विद्यालय आइसकेपछि मात्र शोक विदा गरिएको रहेछ भन्ने थाहा भएको थियो जसका कारण आफुहरुले अनावश्यक दुख पाएको शिक्षकहरूको भनाई रहेको छ । विद्यार्थी लिन गएका विद्यालयका बसहरु विद्यार्थी ल्यायर विद्यालय पुगीसकेका थिए ।
गुलरिया नगरपालिकाले शोक विदा गर्ने निर्णय मंसीर ३ नै गर्नुपर्ने हो । ४ गते विहान ९ बजेतिर शोक विदा भएको हुँदा विद्यालय बन्द गर्ने भन्ने निर्णय गर्दा समस्या आइपरेको शिक्षकरुले बताएका छन । नगरपालिकाले शोक विदा गर्ने नै भए एक दिन पहिले नै सूचना सार्वजनिक गर्नु पर्ने हो तर त्यसो नगरेका कारण पालिकाका पदाधिकारी र कर्मचारीको सोच कस्तो रहेछ भन्ने खालको सन्देश पनि दिएको स्थानिय वासीहरुको भनाई रहेको छ ।
गुलरिया नगरपालिकाले २०८० साल मंसीर ३ गते गुलरिया नगरपालिका ३ का वडा सदस्य तथा नगरपालिकाका नगरसभा सदस्य दुर्गाप्रसाद अहिरको निधनमा शोक विदा दिने भन्दै ४ गते बिहान ९ बजेतिर मात्रै सूचना प्रकाशित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार