रियाद सिजन कपमा रोनाल्डो र मेसी आमनेसामने हुने
नेपालबहस संवाददाता
मंसिर ६, २०८० बुधबार १२:४६:२९
६ मंसिर, काठमाडौं । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी फेरि एकपटक आमनेसामने हुने भएका छन् । अल नासर र इन्टर मियामी आगामी फेब्रुअरीमा रियाद सिजन कप खेल्ने भएकासँगै रोनाल्डो र मेसी आमने सामने हुने भएका हुन् ।
'द लास्ट डान्स' नाम दिइएको रियाद सिजन कपमा अल नासर, इन्टर मियामी र अल हिलाल सहभागी हुने भएका छन् । यो प्रतियोगिता फेब्रुअरी, २०२४ को पहिलो सातामा हुने घोषणा गरिएको छ ।
अल हिलाल खेल्ने भएपनि नेइमार भने इन्जुरीका कारण टिममा नरहेकाले यो प्रतियोगिता खेल्ने छैनन् । यस प्रतियोगितामा तीन खेल हुनेछन । जसमा अल नासर र अल हिलाल, अल नासर र इन्टर मियामी तथा अल हिलाल र इन्टर मियामी खेल्ने छन् । यी तीन खेलमा शिर्ष स्थानमा रहने टिमले यो उपाधि जित्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएएफसी यू-२० : नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल
असोज ११, २०८१ शुक्रबार
यू-२० एशियन कप छनौटमा नेपालले आज बहराइनसँग सामना गर्दै
असोज ११, २०८१ शुक्रबार
एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि
असोज १०, २०८१ बिहिबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार