आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
नेपालबहस संवाददाता
मंसिर ६, २०८० बुधबार १३:१७:२५
६ मंसिर, काठमाडौं । देशका विभिन्न जिल्लामा आगलागी भएको छ । प्रहरीका अनुसार आगलागीबाट खुद्रा सामानहरुसहित धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार बाराको महागढीमाई नगरपालिका-५ नगरदाहा टोल बस्ने भुलवान पाशवानको गोठ र सिरावान पाशवानको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा उक्त आगो फैलिएर सोही ठाउँ बस्ने उमेश सराफ सुनारको घरसमेत ५ जनाको घरमा आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यस्तै पर्साको पकहा मौनपुर गाउँपालिका-१ धोरेस्थित जगरनाथ साह सोनारको क्यान्टिनमा मंगलबार साँझ आगलागी हुँदा खुद्रा सामानहरु पूर्णरूपमा जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उता बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१८ कारकाँदो गाउँस्थित सडकमा पार्किङ गरी राखेको सोही उपमहानगरपालिका-१८ बस्ने चित्र बहादुर हमालको ना।१ क ४२११ नम्बरको जेसिबीमा मंगलबार राति आगलागी हुँदा जेसीबीको सम्पूर्ण प्लास्टिकको भाग जलेर नष्ट भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार