केपी ओली टि-२० क्रिकेट खेल्न मधेसबाट दुई जना खेलाडी छनोट
आबिद हुसेन
मंसिर ६, २०८० बुधबार १६:९:४७
६ मंसिर, वीरगञ्ज । यहि मंसिर १० गतेबाट पोखरामा आयोजना हुन लागेको केपी ओली टि– २० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको तर्फबाट खेल्न पर्साबाट दुई जना खेलाडी छानिएका छन् । मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगितामा पर्साका सम्साद अंसारी र ईमरान शेख मधेस प्रदेश टिमबाट खेल्न छानिएका हुन् ।
पाँच दिनसम्म पोखरामा आयोजना हुने प्रतियोगितामा देशैभरिबाट १२ वटा टिम सहभागी हुँदै छन् । ४ वटा समूहमा विभाजन गरिएको प्रतियोगिताको फाइनल खेल पोखरामै १५ गते आयोजना हुनेछ । मधेस प्रदेशसँगै नेपाल पुलिस र सुदुरपश्चिम प्रदेश तेस्रो समूह चरणमा छन् । जनकपुरका हरिशंकर साहको नेतृत्वमा रहेको मधेश प्रदेश टिमको पहिलो खेल नेपाल पुलिससँग हुनेछ । दोस्रो खेल भने ११ गते सुदुरपश्चिम प्रदेशसँग हुनेछ ।
मधेश प्रदेशका क्रिकेट प्रशिक्षक प्रकाश शर्माका अनुसार प्रतियोगिताका लागि खेलाडीहरू पूर्णतः तयार छन् । हामीसँग कुराकानी गर्दै शर्माले टिममा खेलाडीहरूको पारस्परिक सहभागिताले प्रतियोगिताको प्रबल दाबेदारको रुपमा आफूहरुको रहेको बताए । टिममा नयाँ खेलाडीहरूको आगमनसँगै हरेक दृष्टिबाट टिम सम्पन्न भएका कारण जीतको सम्भावना समेत उच्च रहेको जानकारी गराए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपएसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार