काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू , प्रदर्शन स्थल र जुलुस आउने बाटोमा कडाई
नेपालबहस संवाददाता
मंसिर ७, २०८० बिहिबार १०:६:२४
७ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नाकाहरूमा कुकुरसहित सुरक्षा जाँचमा कडाइ गरेको छ । ठूलो संख्यामा प्रहरी सडकमा उतारिएको छ । पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो सुरक्षा घेरामा सशस्त्र प्रहरी तैनाथ छ । ‘ब्याकअप’मा नेपाली सेना रहेको छ ।
नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको हो । प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।
प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको छ । सुरक्षाकर्मीहरुलाई परिचालन गर्न उपत्यका प्रहरी कार्यालयले डिआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको छ ।
कमाण्ड सेन्टरमा नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालय (डीजीएमआई) का एक जना अधिकृतसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली रहनेछन् । आज बिहानैदेखि काठमाडौंका चोक–चोकमा हतियारसहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहितका सुरक्षाकर्मी खटिएका छन् ।
युवा संघले तिनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन् । त्यसअघि विभिन्न स्थानबाट जुलुस निस्किने छ । प्रसाईं समूहले भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडिको चौर, गोंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार र चाबहिल चोकबाट ¥याली निकाल्ने जनाएको छ । यसैगरी युवा संघको जुलुस भक्तपुरको सल्लाघारीबाट तिनकुने आउने छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर–माइतीघर खण्ड, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास लगायत क्षेत्रका वरपर निषेधाज्ञा जारी गरिएको छ । यसैगरी ललितपुर प्रशासनले पनि पुल्चोकस्थित मन्त्री निवास र संयुक्त राष्ट्रसंघको कार्यालय वरपरको क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ ।
माइतीघर मण्डलादेखि नयाँबानेश्वरलगायत स्थानमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शन गर्न लोक लगाएपछि तीनकुने र बल्खुमा प्रदर्शन हुन लागेको हो । यसैबीच, सामान्य अवस्थामा दैनिक ४०० देखि ४५० को संख्यामा सवारीसाधनमार्फत मानिस काठमाडौं उपत्यकामा भित्रने गरेका ट्राफिक प्रहरीले जनाएको छ ।
पछिल्ला दुई÷तीन दिनयता दैनिक ५०० देखि ६०० को संख्यामा सवारीसाधनमार्फत मानिस उपत्यकामा भित्रिरहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी का छन् ।
“दैनिक ४०० देखि ४५० गाडी भित्रने गरेका थिए । दुई÷तीन दिनयता दैनिक ५०० देखि ६०० गाडी भित्रिरहेका छन्,” उनले भने, “चाडपर्व मनाउन गएकाहरू फर्किएका हुन् वा अरू केही कारण हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पुष ११, २०८१ बिहिबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने
पुष ११, २०८१ बिहिबार
भैँसीपालनमा रमाउँदै घोरासैनी
पुष ११, २०८१ बिहिबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार